मगरसंघ रुपन्देहीको पनि भवन

Read Time:2 Minute, 25 Second

जातीय पहिचान सहीतको संविधान विना मगरहरुको हक अधिकार सुनिश्चित हुन नसक्ने नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापाले बताएकाछन । उनले राज्यको हरेक निकायमा मगरहरुको समान सहभागिता हुनु पर्नेमा जोड दिए । नेपाल मगर संघ रुपन्देहीको १९ औै जिल्ला सम्मेलन तथा मगर भवनको उद्घाटन गर्दैै उनले उक्त कुरा बताएकाहुन । अध्यक्ष थापाले दलहरु वीच संघीयताका विषयमा कुरा मिल्न नसक्दा संविधानसभा भंग भएको बताउदै अवको दोश्रो संविधान सभा निर्वाचनमा संघीयता पक्षधरलाई जिताउन मगरहरु लाग्नु पर्नेमा जोड दिए । राज्यको कुनै पनि निकायमा मगरहरुको पहुच नभएका कारण मगरहरु पछाडि पर्दै गएको उनको भनाई थियो ।

नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष दल बहादुर विरकट्टाको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय सदस्य गम बहादुर सारु, मगरहाङ्गका छत्र बहादुर दर्लामी, पुर्व जिल्ला अध्यक्ष यम बहादुर थाापा, छन्तयाल संघका जिल्ला अध्यक्ष दल बहादुर छन्तयाल, सोनु थापा लगायतले बोल्दै मगरहरु सचेत र सजग भएर लाग्नु पर्नेमा जोड दिएका थिए । बुटवलको लखन चोक देखि जातीय भेषभूषा सहीतको र्याली बुटवल–१३ देवीनगरमा रहेको मगर भवनको उद्घाटन गरी योगीकुटीको हाटबजारमा  सभामा परिणत भएको थियो । त्यसैगरी संघको मुखपत्र झेराकको पनि विमोचन गरिएको छ । कार्यक्रममा संघलाई आर्थिक र भौतिक रुपले सहयोग गर्ने सहयोग दाताहरुलाई सम्मान गरिएको थियो । संघका उपाध्यक्ष गीता सारुको स्वागत, कमल थापा र नरेन्द्र पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सम्मेलनको वन्द सत्र  बुटवल मगरसंघको भवन अमर भवनमा भएकोथियो ।

गोविन्द घर्ती  रुपन्देही

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %