तेक्वान्डोमा पाल्पा पहिलो

Read Time:6 Minute, 8 Second

पाल्पा, भाद्र ३०

पाल्पामा सञ्चालित आठौं जनरल चोइ स्मृति तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा पाल्पा जिल्ला १६ स्वर्ण पदक सहित पहिलो भएको छ । आईतवार भएको अन्तिम प्रतिस्पर्धामा पाल्पामा रहेका बेथल सात ,  मडरल्याण्ड चार, प्यारागन तीन र तानसेन अनि सनराइजले एक एक  गरी १६ स्वर्ण पदक सहित पहिलो भएको हो । पाल्पा जिल्लाले १८ रजत पदक प्राप्त गरेको छ ।

बेथलबोर्डिङ्गका दिप्ति सारु, भुपाल बराल, सलिना गाहा, प्रसंसा रेग्मी, शिब गिरि र भिम थापाले स्वर्ण पदक प्राप्त गरेका छन् भने सबिता गाहा, रुपा मश्राङ्गी, रुबिना राना, कुमार कामु मगर, आकास रानाले रजतपदक प्राप्त गर्नुभएको छ । बेथलकै गोबिन्द सारु, आयुसा कार्की, असोक सारु, सिमरन तामाङ्ग र सुस्मिता सुर्यबंशीले रजत पुरस्कार प्राप्त गरेका छन् ।

त्यसै गरी मदरल्याण्ड डोजाङ्गले ४ स्वर्ण, ७ रजत र ५ कास्य पदक जितेको छ । मदरल्याण्डका पाल्पाका नबिन मल्ल, बिकल पौडेल, दिपेन्द्र हमालले स्वर्ण जितेका छन् भने संजय थापा दर्लामी, पवन ओली , समिक्षा थापा, भावना थापा, दिपा थापा र बिरेन्द्र बुढाले रतज पदक जितेका छन् । मदरल्यान्डकै नबिन मल्ल, सुरज सारु, समिक्षा थापा, बिमल थापा र अनिल श्रेष्ठले कास्य पदक प्राप्त गरेका छन् ।

तानसेनमा रहेको प्यारागन डोजाङ्गले ३ स्वर्ण, ३ रजत र ६ कास्य पदक प्राप्त गरेको छ ।  छन् । प्यारागनका प्रबिन बुढा मगर, जोति राना र  दुर्योधन घर्ती मगरले स्वर्ण , रेखा श्रीस, नबिन बुढा र जिबन झेडीले रजत अनि मोनिका राना, निश्चल बुढा, सरन घर्ती, रिता पाण्डे, सुरज पुन र सुशिला थापाले कास्य पदक प्राप्त गरेकाछन् ।

पाल्पाकै सनराईज बोर्डिङ्ग डुम्रेका श्रीजना रानाले स्वर्ण र निरुता थापा रजत र रुक्मिनि रास्कोटीे र अनुप दिसुवाले कास्य पदक जितेका छन् । तानसेन डोजाङ्ग काजीपौवाले १ स्वर्ण र १ कास्य पदक प्राप्त गरेको छ । तानसेनका निरज कार्कीले स्वर्ण र केशब सुनारीले कास्यपदक जितेका हुन् ।  पाल्पाको प्रिपेटोरी डोजाङ्गले  १ रजत र २ कास्य पदक जितेको छ ।

प्रतियोगितामा ललितपुर नौ स्वर्ण प्राप्त गरि द्धितिय र आठ स्वर्ण सहित काठमाडौं तेश्र्रो भएको छ । शुक्रबार देखि सञ्चालन भएको प्रतियोगितामा वालवालिका तर्फ पुरुषमा ललितपुरका संजय थापा मगर र महिला तर्फ निश्मा बस्याल (काठमाण्डौ धापासी) उत्कृष्ट खेलाडी घोषित भएका छन । जुनियर तर्फ महालक्ष्मी ललितपुरका शैरभ के.सी र काठमाण्डौ धापासीकी रन्जु पुलामी उत्कृष्ट खेलाडी घोषित भएका छन । त्यसै गरी सिनियर तर्फ ललितपुरका पुकार केसी र मुना उत्कृष्ट भएका छन् ।

बिजयी खेलाडीहरुलाई तेक्वाण्डो महासंघका कार्यबाहक अध्यक्ष अन्जुनाथ श्रेष्ठ, महासचिब रेवत राना एबं पाल्पाका प्रमुख जिल्ला अधिकारी शिबराज जोसीले पुरस्कार प्रदान गरेकाथिए ।
प्रतियोगितामा पा“च विकास क्षेत्रका ८१ क्लवका  ५ सय १३ खेलाडीले सहभागिता रहेको थियो । स्पारिङ्ग, प्याटर्न, सेल्फ डिफेन्स, स्पेशल टेक्निक, पावर ब्रेकिङ्ग गरी आइटिएफ तेक्वान्दोका पाच विद्यामा प्रतिस्पर्धा भएको छ ।  १८ वर्षदेखि ३९ वर्षसम्मको सिनियरतर्फ महिला तथा पुरुष, १४ वर्षदेखि १७ वर्षसम्मको जुनियरतर्फ महिला पुरुषको प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताको नेपाल प्रहरीका महानिरिक्षक कुँबेर सिंह रानाले शुक्रबार उद्घाटन गरेकाथिए  । ३ दिन सम्म चलेको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य रेशमलाल लामा, राष्ट्रिय खेलकुद परिषदका खेलकुद विकासका भिगागिय प्रमुख प्रकाश चन्द्र घिमिरे, आईटिएफ महासंघका कार्यवहाक अध्यक्ष अन्जुनाथ श्रेष्ठ, महासंघका उपाध्यक्ष तथा रेफ्री प्रमुख अनजन धमला लगायतको उपस्थिती रहेको थियो ।

नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघको आयोजना तथा पाल्पा आई,टि,एफको  ब्यवस्थापनमा भएको हो । तेक्वान्दोका जन्मदाता स्व.जनरल चोई होङ्ग हीको स्मृतिमा मुलुकका विभिन्न स्थानमा हरेक बर्ष प्रतियोगिता हुदै आएको छ ।

देब पचभैया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %