पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा विभिन्न विद्यार्थी संगठनहरुले आजदेखि पेट्रोलपम्प बन्द गरेका छन् । आजदेखि ३ दिनसम्म देशभरीका पेट्रोलपम्प बन्द गरिएको विद्यार्थी संगठनहरुले जनाएका छन् । नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले घोषित कार्यक्रम अनुसार नै आज पेट्रोलपम्प बन्द गर्न लागेको जानकारी दिनुभयो । विभिन्न दल आवद्ध १७ विद्यार्थी संगठनहरुले बिहानै देखि पेट्रोल पम्प बन्द गराएका छन् । उनीहरुले मूल्यबृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।
जगन शर्मा
तीन दिन सम्म पेट्रोलपम्प बन्द
Read Time:54 Second
