भारतीय विदेश सचिव सुजथा सिंहले नेपालको स्थायित्वका लागि भारत जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएकाछन । दुई दिने नेपाल बसाइको अन्तिम दिन आइतबार भएका सबै महत्वपूर्ण राजनीतिक भेटवार्ताका क्रममा विदेशसचिव सिंहले नेपालको स्थायित्व र विकास नै भारतको चाहना भएको स्पष्ट पारिन । विदेश सचिव सिंहले आइतबार राष्ट्रपति रामवरण यादव, अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, निर्वाचन आयोगका प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीलगायतसँग भेटवार्ता गरिन ।
सबै भेटमा दुई देशबीचको सम्बन्ध, आसन्न संविधानसभा निर्वाचनमा भारतको सहयोग लगायतका विषयमा छलफल भएकोे बताइएको छ । भेटघाटका क्रममा विदेशसचिव सिंहले नेपालको स्थायित्व र विकासमा सहयोग गर्न भारत आतुरं रहेको भन्दै संविधानसभाको निर्वाचनमार्फत् नेपालले स्थिरता पाउने विश्वास व्यक्त गरिन । सचिव सिंहले गौतम बुद्ध नेपालमै जन्मीएको हो ।

वार्ताकै क्रममा उनले लुम्बिनी नेपालको कपिलबस्तुमा पर्छ र बुद्धको जन्म लुम्बिनीमा नै भएको इतिहास साक्षी छ । त्यसैले यस बारे विवाद हुनै नस्कने बताएकि थिईन ।शनिबार नेपाल आएकी सिंहले नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँग भेट गरेकि थिईन । यस्तै विदेशसचिव सिंहले परराष्ट्र मन्त्रालयका सचिव अर्जुनबहादुर थापासँग पनि भेट गरिन । भारत सरकारको औपचारिक भ्रमण रहेकाले यसले परराष्ट्र सम्बन्धमा सुधार ल्याउने दुवै देशका अधिकारीहरुले बताइसकेका छन् ।
आनन्द गुरुङ
