अमेरिकामा किरात धर्म सम्बन्धि अन्तरक्रिया

किरात धर्म सम्बन्धि न्युयोर्कमा एक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । किराती र र गैर किराती बुद्धिजिविहरुको उपस्थितमा सम्पन्न उक्त कार्यक्रम किरात मांहिम मांखिम  सोसाइटी युएसएले आयोजना गरेको हो । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष अधिवक्ता दुर्गा सुब्बाले किरातीहरुको इतिहास र किरातीहरू को को हुन् भन्ने बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । ‘किरात र किराती धर्म’ सम्बन्धि उपस्थित सम्पूर्ण बुद्धिजिवीहरू  बीच छलफल  भएको थियो । सोहि कार्यपत्र अनुसार राई, लिम्बु, याक्खा र सुनुवारलाई मात्र किराती भन्दै आएको छ  तर  इतिहासको खोजी गर्दा अन्य सम्पूर्ण आदिवासी जनजातिहरू  किरातकै  सन्तान भएको  स्पस्ट हुन्छ ।  बिबिध कालखण्डमा किरातीहरु  धर्म परिवर्तन र विभिन्न जात जातिमा विभाजित भएपछि अहिले विभिन्न धर्मावलम्बी भएको पनि सोहि कार्यपत्रबाट स्पस्ट भएको थियो ।
सोहि कार्यक्रममा पत्रकार इन्दिरा चोङ्बाङले  किरात मुन्धुम सम्बन्धमा एक कार्यपत्र प्रस्तुत गरिन्  । उक्त कार्यपत्रले मुन्धुम भनेको किरातीहरुको बेद अर्थात अनन्त सम्म रहिरहने क्रियाशील शक्तिलाई  मुन्धुम भनिन्छ भन्ने परिभाषित गरिएको थियो । उक्त कार्यपत्रमा मुन्धुमको परिभाषा, प्रकार  लगायत कुन मुन्धुममा के कस्ता बिषयहरु  उल्लेख गरिएको छ आदि सम्बन्धमा उल्लेख गरिएको थियो । वास्तबमा मुन्धुमबाट नै  किरातीहरुको सम्पूर्ण सस्कृति र  रीतिरिवाजको प्रारम्भ भएको उक्त कार्यपत्रबाट स्पस्ट भएको थियो ।
कार्यपत्र प्रस्तुति पछि विभिन्न व्यक्तित्वहरुले  कार्यपत्र माथि टिपणी गरेका थिए । बिशेष गरेर सम्पूर्ण आदिवासी जनजातीहरू  किराती कै सन्तान हुन् भन्ने विषय  नौलो भएको धारणा उपस्थितले राखेका थिए ।
प्रमुख अथिती नेपाल आदिवासी जनजाती महिला महासंघकी पूर्व महासचिब तथा आदिवासी नेत्री सोमा राइले बिदेशमा रहेर पनि किरातीहरूले  जुन   मेहनतकासाथ सबैमा चेतना हुने  कार्यक्रम  गरेको छ यो नौलो अर्थात अन्त्यन्तै प्रसंशनीय  रहेको धरणा राखिन ।  यी विषय हाम्रो लागि मात्र होइन  नया सन्ततीहरूको  निम्ति महत्वपुर्ण  स्रोत भएको उनको भनाइ थियो ।

न्युयोर्कमा रहेका विभिन्न आदिवासी जनजाती संघ संस्थाका प्रतिनिधिहरूको उपस्थितमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले कार्यक्रमको बारेमा मन्तब्य  ब्यक्त गरेका थिए । मन्तब्य दिनेक्रममै  आदिवासी जनजाति  महासंघ अमेरिका फिपनाका कार्यबाहक अध्यक्ष बिनोद पोमोले यो कार्य आदिवासीहरुमा अत्यन्त सह्रानीय भएको बताउदै फिपनाको तर्फबाट पनि संस्थागत रुपमा यस्ता कार्यक्रमलाई सदैब सहयोग रहने धारणा ब्यक्त गरे । त्यसैगरी  फिप्नाका  संस्थापक अध्यक्ष कर्मा ग्याल्जेन शेर्पाले इतिहास जोडिएको किरातको अवस्था र वर्तमान अवस्थामा भैरहेको परिवेशलाई जोड्दै कार्यक्रम अत्यन्त सान्दर्भिक भएको चर्चा गरे ।  त्यसैगरी आदिवासी जनजाति महिला महासंग अमेरिकाकी अध्यक्ष संगिनी राना, तामांग सोसाइटी अफ अमेरिकाको सचिब अमर लामा, गरुङ्ग (तमु ) सोसाइटी अफ अमेरिकाको  उपसभापति टिका गुरुङ, युनाइटेट किरात राइ अर्गनाइँजेसन  अफ अमेरिका (युक्रा) का केन्द्रिय अध्यक्ष प्रभाकर सम्पांग, हेभेन्ली पथकी अध्यक्ष पम्फा राइ  लगायतले कार्यक्रम प्रति आआफ्नो धारणा ब्यक्त गर्दै आगामी दिनको लागि शुभकामना ब्यक्त गरेका थिए  ।
 
सस्थाका  सल्लाहकार प्रेम प्रसाद मेयाङबोको  अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सस्थाका उपाध्यक्ष केशब राइले स्वागत गरेका थिए भने  सस्थाका सचिब तेज कुमार लिम्बु तुम्बाहाम्फेले कार्यक्रम संचालन  गरेका थिए ।

इन्दिरा चोङ्बाङ,न्युयोर्क