आजको बन्द काठमाण्डौ र धरान यस्तो थियो

Read Time:5 Minute, 15 Second

चुनाव बहिष्कारवादी मोहन बैद्य माओवादी सम्बद्ध ३३ दलीय मोर्चाले संविधानसभा निर्वाचन बहिष्कार र पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोधमा आज आयोजना गरेको उपत्यका र पूर्वी क्षेत्र बन्दको असर बिहानैदेखि परेको छ ।
बन्दको आह्वान गर्दै बिहानैदेखि राजधानीका चोकचोकमा भेला भएका मोर्चाका कार्यकर्ताले सवारी साधन सञ्चालनमा अवरोध पु¥याइरहेका छन्। । राजधानीमा सार्वजनिक यातायातका साधन चलेका छैनन् भने भित्री सडकका किराना पसलमात्र खुलेका छन्। । सुरक्षा निकाय, एम्बुलेन्स, शववाहन, दूध, पानी ढुवानी गर्ने र फोहर बोक्ने महानगरपालिकाका केही सवारीसाधन चलेका छन भने कूटनीति नियोग र प्रेसका सवारीसाधन पनि नगन्य रुपमा सञ्चालन भएका छन्। ।
उपत्यकाका सडकमा मोटरसाइकल लगायत दुईपाङग्रे सवारीसाधन पनि फाट्टफुट्ट चलेका छन्। । कार्यालय तथा काम विशेषले आ–आप्mनो गन्तव्यतर्फ हि‘डेका सर्वसधारणको भीड सडकमा क्रमशः बढ्दै गएको छ ।
प्रभातकालीन सत्रमा सञ्चालन हुने प्रशिक्षण प्रतिष्ठान तथा क्याम्पसहरू पनि बन्द छन्। । बन्दका कारण सुनसान भएका उपत्यकाका केही सडकमा बालबालिका खेलिरहेका दखिन्छ भने कुनै अप्रिय घटना हुन नदिन मुख्यमुख्य सडक र चोकहरुमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
प्रेस, एम्बुलेन्स, शव बाहन, फोहोर तथा पानी ढुवानी, कुटनीतिक नियोग र मानवअधिकारवादी संघसंस्थाका गाडी सञ्चालनमा भने रोक नलगाइएको बन्दकर्ताले जनाएका छन् । महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार कीर्तपिुरको पाँगा, कालीमाटी, कलङ्की, बालाजु, गोङ्गबु, चावहिल, जोरपाटी, महाराजगन्ज, नयाँवानेश्वर, रत्नपार्क, ललितपुरको सातदोबाटो, ग्वार्कोलगायतका स्थानमा बन्दकर्ताले प्रदर्शन गरिरहेका छन्। । बन्दका कारण विभिन्न नाका हु‘दै राजधानी भित्रने र बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन प्रभावित भएका छन्। ।
मोर्चाले ४ मंसिरमा घोषित संविधानसभा निर्वाचन स्थगन र सरकार परिवर्तनसहित १८ बु“दे माग राखेर बन्द आह्वान गरेको हो । मोर्चाले चुनाव सार्नुपर्ने र वर्तमान गैरदलीय सरकार खारेज गर्नुपर्ने माग अघि सारेपछि गोलमेच सम्मेलनमार्फत समस्या समाधान गर्ने सैद्धान्तिक सहमति तोडिएको थियो ।

पुर्वाञ्चल वन्द, जनजीवन प्रभावित

नेकपा माओवादी लगाएतका ३३ दलीय गठवन्दनले गरेको बन्दका कारण पुर्वी नेपालको जनजिनव प्रभावित भएको छ ।
निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट माओवादी ,मञ्च संबद्ध संघीय लिम्बुवान राज्य परिषद लगाएतका ३३ दलिय साना दलको बन्दको कारण पुर्वी नेपाल ठप्प भएको छ । पुर्वी नेपालमा लामो तथा छोटो दुरीका सवारी साधन, कलकारखाना , शैक्षिब
संस्था तथा बजार पसल सवै ठप्प रहेको छ ।

३३ दल का बन्दको कारण काठमाडौ वाट पुर्वी पहाडी जिल्ला हिडेका यात्रुहरु सुनसरीको धरान र झापाको विर्तामोडमा अलपत्र परेका छन् । वन्दका कारण पुर्वी नेपालका सुनसरी , मोरङ, झापा, धनकुटा, ताप्लेजुग, तेह्रथुम , भोजपुर , संखुवासभा लगाएतका जिल्लाहरु प्रभावित भएका छन् । बन्द सफल बनाउन विषेशगरि  पुर्वी नेपालका माओवादी र लिम्बुवान कार्यकर्ताहरु हात मा लौरो बोकेर विहानै देखी सडकमा निस्केका छन् । सबै सवारी साधन बन्द भए पनि मोटरसाइकल भने चल्न दिइएको छ ।
चार दलको सिण्डिकेट अन्त्य , मन्त्रि परिषदका अध्यक्ष खिलाराज रेग्मीको राजिनामा सगै गोलमेच सम्मेलनको माग गर्दै आन्दोलनर ३३ दल ले आगामी असोज ३ गते इटहरीमा क्षेत्रिय जनसभा गर्दै असोज ९ र १० गते नेपाल बन्दको
घोषणा गरेका छन् ।

आनन्द गुरुङ काठमाण्डौ, भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %