फेरि मध्यरातमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Read Time:2 Minute, 16 Second

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैया मूल्य बढाएको हो । मूल्य वृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३० रुपैयां पुगेको छ भने डिजेल र मट्टितेलको १ सय ३ रुपैयाँ पुगेको छ ।
यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ बढाइएको छ । डलरको विनिमय दर बढेसंगै नेपाल आयल निगमको घाटा बढ्दै गएपछि घाटा कम गर्न निगमले पेट्रोलियमको मूल्य वृद्धि गरेको बताएकोछ । भारतीय आयल कर्पोरेशन ‘आइओसी’ले पठाएको पछिल्लो मूल्य सूचीअनुसर नेपाल आयल निगमको मासिक घाटा एक अर्ब ६२ करोडभन्दा बढी रहेको छ । नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा १ करोड ७८ लाख रुपैयाँ घाटा थियो । त्यस्तै डिजेलमा ९४ करोड ५२ लाख रुपैयाँ मासिक नोक्सानी थियो । नयाँ मूल्य सूचीअनुसार निगमलाई ग्यासमा प्रतिसिलिण्डर ६ सय २८ रुपैया ६० पैसा घाटा थियो । आयल निगमले आईओसीलाई करिब एक अर्ब ५० करोड रुपैया बक्यौता तिर्न बाँकी छ ।
चाडपर्वमा पेट्रोलियम पदार्थको सहज आपूर्ति मिलाउन निगमले अर्थमन्त्रालयसंग चार अर्ब रुपैया मागे पनि मन्त्रालयले निगमलाई पैसा अझै दिएको छैन । उता विभिन्न विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा मुलुकभरका विभिन्न क्याम्पस अधि एक घण्टा चक्काजाम गरी मूल्यबृद्धि फिर्ता गर्नुपर्ने माग गरेको छ ।
आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %