पहिचानवादी उम्मेदवारलाई मात्र भोट

Read Time:2 Minute, 23 Second

उदयपुरको गाईघाटमा भएकोे जनजाति भेलाले विचार सहितको पहिचान पक्षधर आदिवासी जनजाति उम्मेदवार तथा पार्टीले मात्र आदिवासी जनजातिको मुद्धालाई संविधानसभा मार्फत संस्थागत गर्न सक्ने निश्कर्ष निकालेको छ ।दोश्रो सविधान सभाको चुनावमा पहिचान पक्षधरका आदिवासी जनजाति नेताहरुलाई एक बनाउन गाँउ अभियान संचालन गर्नूपर्ने टडकारो आवश्यकता रहेको पनि जनजाति नेताहरुले औल्याएका छन् ।


नेपाल आदिवासी जनजाति महासंघ उदयपुरको १४औं स्थापना दिवसको अवसरमा आसन्न दोश्रो संविधान सभामा आदिवासी जनजातिको भुमिका विषयक कार्यशाला गोष्ठिमा सो निष्कर्ष निकालिएको हो । महासंघ उदयपुरका अध्यक्ष प्रदिप चौधरीले संविधान निर्माण प्रक्रियामा पहिचान पक्षधरहरु सक्रिय हुने अवस्थालाई मध्यनजर गर्दै केहि दलहरुले अहिले देखिनै आफ्ना पार्टी भित्रका पहिचान पक्षधर जनजाति नेताहरुलाई टिकट नदिने कसरत गरीरहेकोले पहिचान पक्षधरका आदिवासी जनजाति नेताहरुलाई एक गराउन गाँउ अभियान संचालन गर्ने घोषणा गर्नुपर्ने वताए ।
 उदयपुरको त्रियुगा नगरपालीकाको हलमा भएको कार्यक्रममा आदिवासी जनजाति गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष मोहन गोलेले आसन्न दोश्रो संविधान सभामा आदिवासी जनजातिको भुमिका विषयक अवधारणा पत्र प्रस्तुत गरेका थिए । महासंघ जिल्ला समन्वय समिती उदयपुर र आदिवासी जनजाती गैरसरकारी संस्था महासंघ उदयपुरको संयुक्त आयोजनामा भएको कार्यक्रममा विभिन्न राजनैतिक दलका नेता तथा विभिन्न जातीय संगठनका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती थियो ।

भैरब आङ्ला, धरान
तस्वीर ः अप्सरा समाल मगर, गाईघाट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %