धनकुटामा खानेपानीको हाहाकार

Read Time:1 Minute, 18 Second

 धनकुटा सदरमुकाममा चार दिन यता फेरि खानेपानीको हाहाकार भएको छ । खानेपानीको हाहाकारका कारण पिउने पानीको लागि कुवा र अन्य कामका लागि आकासे पानीकै भरपर्नु पर्ने स्थिति सृर्जना भएको छ । धनकुटा सदरमुकाममा भदौ महिनामा मात्र यस अघि चारपटक सम्म दुइ दिन सम्म पानी आपुर्ती अबरुद्ध भएको थियो । धनकुटामा बितरित एकमात्र खानेपानीको मुहान पहिरोले बगाएपछि चारदिन यता खानेपानी आउन नसक्दा स्थानिय समस्यामा परेका हुन । धनकुटा १ स्थित ओकमालुङ कैलानी खानेपानी आयोजनाको दुइवटा मुहानको पाइप वर्षापछि आएको पहिरोले बगाउदा पानी आपुर्तीमा समस्या भएको खानेपानी उपभोता सस्थाका अध्यक्ष गंगाबहादुर राइले बताए । खानेपानी आपुर्ती नहुदा धनकुटा वजारमा मात्र बितरण गरिएका एकहजार सातसय ३० उपभोर्ताको धारा गएको सोमवार साझवाट पानी आएको छैन ।
भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %