भाद्र नेपालगन्ज १९
“नारीलाई सम्मान गर्ने बानीको विकास गरौ” भन्ने मूल नारा सहित राधापुर गाविसका महिलाहरुले बुधबार हरितालिका तिज मनाएका छन् । राधापुर गाविस महिला सञ्जालको आयोजनामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुराएका महिलाहरुलाई सम्मान गर्नु पर्छ भन्ने उद्देश्यले कार्यक्रम गरिएको हो । 
राधापुर गाविस जन्मीएर विभिन्न क्षेत्रमा योगदान पुराएका ५ महिलाहरुलाई सम्मान गरिएको थियो । सम्मान हुनेहरुमा खेलको माध्यमबाट देश विदेशमा राष्ट्रको नाम राख्न सफल अन्तर्राष्ट्रिय क्रिकेटर खेलाडी नेरी थापा, पत्रकारिता क्षेत्रमा कलमको माध्यमबाट समाजमा योगदान पुराउन सफल पत्रकार दीपा आले,उपभोक्ता समितिका सक्रिय महिला रेखा थापा, अपांङ्गता क्षेत्रमा सक्रिय भूमिका निभाउन सफल विना विक र मैहटवा उच्चमाविमा जेहेन्दार बालिका नितु सुनारलाई नगद सहित सम्मान पत्रका साथ दोसल्ला ओढार सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नारी उत्थान केन्द्रका अध्यक्ष झुकमा जिएमले महिलाहरु आफ्नो अधिकार पाउनकोलागि एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । उहां ले सम्मान कार्यक्रममा बोल्दै महिलालाई कानुनले दिएको ३३ प्रतिशत अधिकारलाई सदुपयोग गर्न महिला स्यम जाग्नु पर्ने बताईन ।
त्यसैगरी कार्यक्रममा बोल्दै गाविस सचिव सुमन भट्टले महिला तथा बालबालिकाको विकासकोलागि राज्यले बजेट छुटाएको भन्दै सरकारले दिएको बजेटलाई प्रयोग गर्न सबै महिलाहरु एकजुट भएर आउनु पर्ने बताए ।
मैटहवा उच्च माविका प्रअ जयलाल अधिकारीले हिजो र आजका महिलाहरुमा धेरै परिवर्तन आएको बताउदै खुशी ब्यक्त गरे ।
कार्यक्रममा पत्रकार दिपा आलेले समाजमा महिलामाथि भईरहेका हिंसालाई अन्त्य गर्न महिला एकजुट भएर लाग्नु पर्ने बताउंदै स्यम महिलाअधिकारकालागि लड्नु पर्ने बताईन ।
सञ्जालका सदस्य शिला मल्लले गरेको सहजिकरणमा अध्यक्षता सञ्जालका अध्यक्ष दममाया थापाले गरेकाथिए भने कार्यक्रमको स्वागत मनत्ब्य सचिव तारा थापाले गरेकाथिए । सम्मान तथा शुभकामना कार्यक्रममा महिला दिदीबहिनीहरुले नाचगान गरेर एक अर्कामा शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा पुस्पा रानाले बजेट प्रस्तुत गरिन । कार्यक्रमको उद्घाटन बायोवृद्ध दयाराम थापाले रिबन काटेर गरेकाथिए ।
दीपा आले
तीजमा सम्मानित
Read Time:3 Minute, 28 Second
