‘सुराक’ फिल्मको प्रोमो रिलिज

Read Time:1 Minute, 55 Second


पोखरा, १७ भदौ

 माओवादीले २०५२ साल फागुनदेखि सुरु गरेको जनयुद्धले पारेको प्रभावलाई बिषयवस्तु बनाएर निर्माण भएको फिल्म ‘सुराक’को अफिसियल प्रोमो हालै रिलिज गरिएको छ । प्रोमोमा माओवादी द्वन्द चलिरहेका बेला हुने गरेका घटनाका दृश्यहरुलाई हाईलाईट गरिएको छ । फिल्मको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम सकिएपछि प्रोमो रिलिज गरिएको हो ।
रचनात्मक फिल्म बनाउने भचेर परिचय बनाएका माओत्से गुरुङले निर्देशन गरेको फिल्म ‘सुराक’मा माओवादी द्वन्दको भिन्न चित्र प्रस्तुत गरेको प्रचार गरिएको छ । धेरै भाग तनहु“को भुजिकोटमा सुटिङ गरिएको फिल्म असोज १९ पोखरामा पहिलो शो हुनेछ । ‘सुराक भिन्न शैलीमा बनेको फिल्म हो’ निर्देशक माओत्से गुरुङले भने–‘अन्य फिल्भन्दा बढी कलात्मकता प्रयोग गर्न खोजेको छु ।’ केहि समयमा नै फिल्मको प्रदर्शनका लागि प्रोमोशन थाल्ने उनले जानकारी दिए ।
सन्तोष कोन्मेले छायङ्कन गरेको फिल्म ‘सुराक’ को, जसु गुरुङ मुख्य सहायक निर्देशक हुन् । फिल्ममा सोम गुरुङ, पूजा राना, रजनी गुरुङ, मनोज घर्तीमगर, अस्मी गुरुङ, लक्ष्मी गुरुङ, रजनी गुरुङ, भेष गुरुङ, निरज पन्त, डिबी गुरुङ, गणेश कुमार श्रेष्ठ, सिद्धान्त ठकुरी लगायतले अभिनय गरेका छन् ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %