राष्ट्रिय जनमुक्ति पार्टीको दोश्रो विस्तारित बैठक आज मिति २०७० भदौ १८ गतेदेखि
धोबीघाट, ललितपुरमा शुरु भएको छ । बैठकको प्रारम्भमा संविधान सभाको आगामी निर्वाचन सम्बन्धमा सहभागीहरुले आआफ्नो धारणा राख्ने गरी बैठकलाई खुल्ला गरिएको छ । यस विस्तारित बैठकमा संघीय पषिद (केन्द्रीय समिति) का सदस्यहरु, संघीय सभाका सदस्यहरु, भातृसंगठनका केन्द्रीय अध्यक्षहरु र ईञ्चार्जहरु, संघीय परिषद्का वैकल्पिक सदस्यहरुको सहभागिता रहेको छ । विस्तारित बैठक भदौ २० गते सम्म सञ्चालन हुनेछ ।

