पाल्पा, १६ भदौ
श्रीनगर एफ.एम. प्राली तानसेन पाल्पाले अनलाईन तिज गित प्रतियोगितामा उठेको २७ हजार रकम बाढी पडित लाई सहयोग गरेको छ । एम. एम. ले राष्ट्रिय कलाकारको उपस्थितीमा शनिबार भएको प्रतियोगिमा टिकट विक्री बाट उठेको २७ हजार रुपैया मध्ये ७५ प्रतिशत दार्चुला बाढी पडितको लागी, २५ प्रतिशत पाल्पा बाढी पिडितको लागी सहयोग गरेको हो । संकलन भएको २७ हजार रकम मध्ये दार्चुलाका बाढी पडित लाई २० हजार २ सय ५० र पाल्पाका बाढी पिडित लाई ६ हजार ७ सय ५० रुपैया, एफ. एम. का स्टेशन म्यानेजर देब पचभैयाले प्रमुख जिल्ला अधिकारी शिवराज जोशीलाई हस्तान्तरण गरे ।
एफएमले विभिन्न जिल्लाबाट आएका ५ सय ९५ जना प्रतियोगि मध्ये उत्कृष्ट ५ जनाको छनौट गरी तानसेन अनलाईन तिज प्रतियोगिता गरेको हो । प्रतियोगितामा बन्दीपोखरा पाल्पाकी विष्णु ठट्टराई उत्कृट भईन भने द्धितियमा गुल्मी अर्वेनीका नविन परियार र श्रीकृष्ण गण्डकी स्याङ्ग्जाका प्रेम विकले तेस्रो स्थान हात पारे । प्रतियोगितामा उत्कृट ठट्टराई लाई प्रजिअ जोशी र एफ. एम.का स्टेशन म्यानेजर पचभैयाले नगद १० हजार सहित प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा राष्ट्रिय कलाकार पशुपति शर्मा, रामचन्द्र चन्द, सपना गाहा, प्रेम लामिछाने मगरका प्रस्तुतीले तानसेन नगरपालिकाको हललाई तताएको थियो ।
देव पचभैया
