अधिकारी दम्पतिलाई न न्याय न मृत्यु !

Read Time:3 Minute, 54 Second

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग गर्दै  अधिकारी दम्पति भोकभोकै बसेको आज ४३ दिन पुगेको छ । तर उनीहरुले न्याय पाउने सम्भावना भने क्षीण देखिएको छ । गोरखाका नन्दप्रसाद र गंगामाया अधिकारी कि न्याय कि मृत्यु देउ भन्दै आमरण अनसनमा बसेका हुन् । उनीहरुले छोरालाई अपहरण गरि हत्या गर्ने विरुद्ध किटानी जाहेरी दिंदासमेत कारबाही नगरिएको भन्दै कारवाही नभएसम्म अनशन जारी राख्ने बताउंदै आएका छन् ।

 राष्ट्र अध्यक्षदेखि सरकार प्रमुख र विभिन्न राजनीतिक दलका शिर्ष नेतृत्वले अनसन तोड्न आग्रह गरेपनि उनीहरुले भने अनसन नतोड्ने बताएकाछन् । उनीहरुको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएपछि जीवन रक्षाको माग गर्दै विभिन्न क्षेत्रबाट चासो व्यक्तभइरहेपनि राज्य भने मौन देखिएको छ । हत्यारालाई कारवाही गर्न राज्यले मौनता सांधेर कानुनी राजको खिल्लिी उडाएको मृतकका दाजु नुरप्रसाद बताउंछन् । सर्वोच्चका प्रधानन्यायाधिस खिलराज रेग्मी सरकार प्रमुख हुंदा पनि न्याय पाइएन, नुरप्रसाद भन्छन्, श्रीमानको राजमा न्याय पाउन के गर्नुपर्छ । युद्धकालमा तत्कालिन विद्रोही पक्षबाट अधिकारीको हत्या भएको थियो ।

सो घटनामा संलग्नहरुको बचाउ एमाओवादीले गरिरहेको छ । मानअधिकारकर्मी र द्धन्द्ध पीडित संघ संस्थाले केही दिन यता वीर अस्पताल अगाडी लगातार धर्ना दिइरहेका छन् । उनीहरुले अधिकारी दम्पतिका छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई तत्काल पक्रेर कारवाही गर्न माग गरेका छन् । अधिकारी दम्पतीको जीवन रक्षाका लागि आदेश जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिइएको छ ।अधिवक्ता रामराज शिवाकोटीले दायर गरेको निवेदनमा लामो समयदेखि आमरण अनशनमा बसेका बाबु नन्दप्रसाद र आमा गंगामाया अधिकारीको स्वास्थ्य अवस्था दिनदिनै बिग्रींदै गएकाले जीवन रक्षार्थ  सकारात्मक हस्तक्षेप गरी पौष्टिक तथा सन्तुलित भोजन गराउन माग गरिएको छ । वीर अस्पतालले अधिकारी दम्पतीको अवस्था नाजुक भइसकेको प्रतिवेदन दिइसकेोछ । तर पनि सरकार, सरकारी निकाय र संवैधानिक निकायले वक्तव्य दिएर पन्छाउने मात्र कार्य गरेकाले नागरिकले बांच्न पाउने संवैधानिक अधिकारबाट वञ्चित हुने अवस्था आएको छ, निवेदनमा भनिएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले निर्देशन दिएर चुप बस्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को  कार्यालय र गृहमन्त्रालयले आफ्नो काम भनेको निर्देशन दिने मात्रै हो भन्ने सम्झिंदा त्यसको कार्यान्वयनतर्फ चासो नदिंदा न्यायको खोजीमा एउटा नागरिकले ज्यान गुमाउने चिन्ताले  सबैलाई पिरलेको छ ।

जगन शर्मा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %