पोखरा १५ भदौ
कास्की घान्द्रुक गाविस ७ तल्लोगाउँका आम्ची गोपाल लामाले आफ्नो नाममा भएको झण्डै ४ रोपनी जग्गा मुसुवा आमा समुह तल्लोगाँउ लाई हस्तान्तरण गरेका छन् ।
ठूलो आमा मुसुवा गुरुङ्गको मृत्यू भएपछि उनको नाममा रहेको ४ रोपनी जग्गा र घर हस्तान्तरण गरेका हुन । आफ्नो ठूलो आमा मुसुवा गुरुङको हकदावी गर्ने कोही नभएको र आफुले हकदावी गर्ने भएपछि ठूलोआमाको नाममा रहेको जग्गा आमा समुहलाई हस्तान्तरण गरेका हुन । शुक्रवार एक कार्यक्रमका विच आम्ची गोपाल लामाले आमा समुहकी अध्यक्ष सुनदेवी गुरुङ्गलाई जग्गाधनी पुर्जा हस्तान्तरण गरे ।
कार्यक्रममा वोल्दै आम्ची गोपाल लामाले आफ्नो ठूलो आमाको मृत्यूपछि हकदार आफु भएकाले गाउमा भएको आमा समुहलाई जग्गा हस्तान्तरण गरेको वताए । कार्यक्रममा वोल्दै आमा समुहकी अध्यक्ष सुनदेवी गुरुङले आफुहरुलाई लामा गोपालले प्रदान गरेको जग्गा र भवनलाई संरक्षण गर्दै आमा समुहले आयोजना गर्ने सम्पूर्ण कार्यक्रमहरु भवनमानै गर्ने वताइन । लामा गोपालले प्रदान गरेको घरमा समुदायमा हुने विभिन्न क्रियाकलापहरु संचालन गर्नमा सहयोग पुगेको जनाइन । जग्गादान भएपछि उतm भवन र आमा समुहको नामपनि मुसुवा आमा समुह नामाकरण गरिएको छ ।
आम्ची लामाले प्रदान गरेको ४ रोपनी जग्गामा आधा रोपनी क्षेत्रफलमा भवन रहेको छ भने झण्डै साढे ३ रोपनी जग्गामा रुख तथा बारीहरु रहेको छ । भवनको उपयोग संगै आमा समुहले जग्गामा रहेको रुखहरुबाट समेत फाइदा लिन सक्ने आमा समुहले जनाएको छ ।
सविता मगर,पोखरा
