मगरले मगरलाई किन पेल्नु पर्या होला !

Read Time:3 Minute, 57 Second

नेपाल मगर संघ, केन्द्रीय समितिको २०४८ माघ ११ देखि २०६० फाल्गुण १७ सम्म (चार पटकसम्म) अध्यक्ष निर्वाचित भई सम्पूर्णमगर समाजको अवाज बुलन्द गर्नु हुने , नेपालको आदिबासी जनजाति आन्दोलनको शीर्ष पुरुष पूर्व मन्त्री गोरे बहादुर खपांगी मगरको अहिले सिङ्गापुरको माउण्ट एलिजाबेथ अस्पतालमा उपचार हुदैछ । उपचारको प्रक्रिया शुरु भएको छ । मुलुक बाहिरको उपचारको कुरो सरल र सुलभ हुने कुरो भएन । प्राम्भिक खर्च सिंगापुरे डलर ५० हजार अथवा नेपाली रुपैया चानचुन ३९ लाखको हिसाब किताबको कुरो आएकोछ । आधा रकम बुझाइएको छ । तर उपचार लम्बिने कुरो हुँदा हाल अाएर सिंगापुरे डलर ७० हजार अथवा नेपाली रूपैया ५६ लाख पुगेको छ । बाँकी पैसाको जोहो गर्न गाह्रो भै रहेको अवस्थामा, कति समय लाग्ने हो उपचारका निम्ति डाक्टरले बताउन सक्ने कुरो भएन । अब यो विषय नेपाली राष्ट्रिय पहिचान र प्रतिष्ठाको कुरो बन्न गयो सिंगापुरमा ।

खर्चको जोहो गर्न गाह्रो भैरहेको अवस्थामा मगर संघ केन्द्रीय समितिको, सबभन्दा ठूलो भूमिका रहनु पर्नेमा उसका कुरा टालटुले रहेको, एकपत्ते विज्ञप्ति फालेर आफ्नो जिम्मेवारी पूरा भएको महशुस गरेको भन्ने जानिफकारहरूको भनाई छ । केन्द्रीय समितिले अाफ्नो मातहातको समिति हरूलाइ अहिलेसम्म सस्थाको लेटरप्याडमा छाप लगाएर कुनै परिपत्र वा सूचना गरेको छैन, सहयोगका लागि पैसा उठाओ भनेर । हामीलाई एउटा परिपत्र वा फोनबाटै भने पनि खबर भए आफ्नै तरिकाले (रकम ) जम्मा गर्ने थियौं । यो त हदै भयो” आफ्नो नाम प्रकाशित नगरिदिने शर्तमा एकजना जिल्ला समिति अध्यक्षले यस सम्बाददातालाई भने ।

 यसबाट मगर संघ केन्द्रीय समितिले आफ्ना मातहत रहेका जिल्ला (अथवा नगर समिति) हरुलाई खपागींलाई स्वास्थ्योपचारका निम्ति सहयोग रकम जुटाउन नचाहेको भन्ने पुष्टि गर्दछ । स्मरण रहोस , खपांगीको आखाँको उपचार गर्नका निम्ति युरोपबाट देव घर्तीमगर र इज्राएलबाट माया घले मगरले जनही रु. १० हजार सहयोग रकम पठाउने सिलसिलामा फेसबुक इमेल मार्फत कुराकानी हुँदा मगर संघ केन्द्रीय समितिले असोज १३ गते २०६८ सालमा सस्थाको दुर्पयोग गरि लेटरप्याडमै(पत्र हेर्नुस) एउटा अपिल प्रकाशित गरी अस्वाभाविक रुपले विरोध जनाएको थियो । तर अैले भने बिधुतिय संचार माध्याम बाट सस्थाको लेटरप्याड बिना मुस्किल्ले तिन पटक फेसबुकमा राख्दिएको छ । यता धेरै जिल्लाका मगरहरूले सस्थाको परिपत्र बिना पैसा उठाउन गाह्रो भएको जनाइ रहेका छन् । आफ्नै समुदायलाई जोबन नै अर्पण गर्ने भूपू अध्यक्षसंग यो बिध्न के को रिस हो बर्तमान कार्यसमितिको कसैले बुझाईदिन्छ कि, यो मनुवालाई !

रमेश उचैइ , राम नगर

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %