काठमाडौंको जमलस्थित ब्यापारिक थलो ज्योति भवनमा आज बिहान भीषण आगलागी भएको छ ।सेना, प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा करिब एक घण्टापछि आगलागी नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणका लागि जुद्ध बारण यन्त्रका ३ वटा, प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका ५ वटा तथा केही पानी ट्याङ्करसको समेत प्रयोग गरिएका थिए ।
आगलागीबाट कुनै मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण संकलनकार्य जारी रहेको प्रहरीले जनाएको छ । आगलागी सुरु भएलगत्तै शोरुममा रहेका मोटरसाइकल सुरक्षाकर्मीले बाहिर निकालेका थिए । प्रत्यक्षदर्शीका अनुसार ज्योति भवनमै रहेको नेपाल बैंकको कान्तिथप शाखाबाट आगलागी सुरु भएको थियो । विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । सेना र प्रहरीले ज्योति भवनको माथिल्लो तलामा रहेको क्लिनिकबाट पाँच जनाको सकुशल उद्धार गरेको छ ।
आनन्द गुरुङ
