रोजगारीको सिलसिलामा संयुक्त अधिराज्य युकेमा रहेका मगरहरुको एक समुहले मगर गुठ समिति तनहूँ लाई आर्थिक सहयोग प्रदान गरेका छन । तनहूँ जिल्ला पोखरी भञ्ज्याङ गा.बि.स.गुडी फच्याङ घर भइ हाल युकेको सुइडनमा बसोबास गर्ने युकेमगर संघ सुइडन शाखाको अध्यक्ष समेत रहेका मोहन थापा मगरको नेतृत्वमा संकलित नेपाली रु. ८७,००० हालै मगर गुठ समिति तनहूँ लाई हस्तान्तरण गरिएकोछ ।
संस्थाको सामुदायिक भवन निर्माण गर्न प्राप्त सो रकम बुझ्दै संस्थाका अध्यक्ष तिल बहादुर थापा मगरले युकेमगर संघ लाई धन्यबाद दिनुका साथै अध्यक्ष मोहन थापामगर लाई खादा ओढाई सम्मान गरेका थिए । सामाजिक सेवाको लागि २०५३ सालमा स्थापना भएको उक्त मगर गुठ समितिमा दमौली ब्यास नगरपालिका वडानं.१, २ र १०को साथै काहुँ शिवपुर वडानं.१ को समेत गरि हाल ३३५ घरधुरी मगरहरु सदस्य रहेका छन । मगरहरुको सामाजिक परम्परा मर्दा पर्दा, बिवाह आदिमा रिति थिति बनाई मगर संस्कृति लाई जोगाउन र सुसंस्कृत बनाउने अभियानमा लागेको उक्त मगर गुठ समिति तनहूँले आपत बिपातमा परेका मगरहरुलाई सहयोग पनि गर्ने गर्दछ ।
खडक आले मगर , तनहुँ
