पत्रकार कुट्नेको १ बर्ष समाचार बहिष्कार !

अगष्ट २७ ,अन्त्वेर्पेन बेल्जियम ।

 आज अन्त्वेर्पेन बेल्जियममा बसेको पत्रकारहरूको भेलाले  नेपाल पत्रकार महासंघ यूरोप शाखाका सदस्य सन्तोस न्यौपाने माथि गत १९ अगष्ट २०१३ का दिन बुग्रे बेल्जियममा जीवन शर्माबाट भएको सांघातिक हमलाको भर्त्सना गर्दै  नेपाल पत्रकार महासंघ यूरोप र बेल्जियम स्थित पत्रकारहरुले १ बर्ष शर्माको समाचार बहिस्कार गर्ने  निर्णय गरेका छन ।

उक्त घटनाको बारेमा नेपाल सरकारको प्रतिनिधी संस्था नेपाल दूतावास ब्रसेल्स बेल्जियममा आधिकारिक जानकारी गराई दोषीलाई आवश्यक कारवाही अगाडि बढाउनको लागि नेपाल पत्रकार महासंघ यूरोप शाखाको अगुवाईमा बेल्जियमस्थित पत्रकारहरुको प्रतिनीधि मण्डल आगामी ३ सेप्टेम्बर २०१३ का दिन नेपाली दूतावास बेल्जियममा जाने निर्णय गरेको कुरा भेला पश्चात जारी गरिएको सामुहिक प्रेश बिज्ञप्तीमा उल्लेख  छ ।  

जीवन शर्मा एभरेष्ट समाज बेल्जियममा सल्लाहकार तथा प्रवासी नेपाली मंच बुग्रे शाखाका क्षेत्रीय उपाध्यक्ष समेत रहेकाले ती दुबै संस्थालाई  विभागीय कारवाही गर्न र जिम्मेवारीबाट निलम्बन गर्न जोडदार माग गर्ने तथा सार्बजनिक रूपमा गल्ती स्वीकार गर्नुपर्ने   थप निर्णय गरिएकोछ ।    पत्रकार महासंघको अनुरोधलाई स्वीकार नगरे उक्त संगठनहरुका समाचारहरुलाई १ वर्षसम्म बहिष्कार गर्ने समेत निर्णय गरेको  छ । जिवन शर्मा विरुद्ध बेल्जियमको कानुन बमोजिम अगाडि बढ्न आवश्यक सहयोग तथा ऐक्यवद्धता जाहेर गर्ने निर्णय गरेको समेत प्रेश बिज्ञप्तीमा उल्लेख छ । भेलामा  नेपाल पत्रकार महासंघ यूरोप शाखाका  अध्यक्ष महेश थापा , उपाध्यक्ष केजिन राई   सदस्य दिपकज्योति पौडेल, पार्षद  डिल्ली अम्माई, सन्तोस न्यौपाने , सदस्य नेपाल पत्रकार महासंघ यूरोप,  तेजबहादुर नेपाली,  शेर बहादुर छन्त्याल, शालिक गौतम, साइमान आले, पत्रकार दिपक संगौला,  नरेश कार्की, पार्षद ॐ शर्मा र  बिष्णु प्रशाद सापकोटा उपस्थित  थिए ।

पत्रकारलाई भौतिक आक्रमण गर्नेको भर्त्सना गर्दै नेपाल पत्रकार महासंघ  केन्द्रीय कार्यालय काठमान्डौले घटनाको छानबिन गदै अपराधीलाई कारबाही गर्न दुताबासको ध्यानाकर्षण गरेर अघि बढ्न  एेक्यबद्धता जनाइ सकेको छ ।  घटनाको महासंघ कुबेत,कतार,जापान शाखाले समेत निन्दा गर्दै दुताबास बेल्जियमबाट कारबाहीको माग गर्दै एक्यबद्धता जनाइ सकेको छ भने क्रान्तिकारी पत्रकार संघ यूरोप,नेपाली काग्रेंस बेल्जियम ,नेकपा –  माओबादी , बेल्जियम, कपिलबस्तु दिबस अभियानले पनि घटनाले स्तब्ध बनाएको भन्दै अपराधीलाई कारबाही गर्न माग गरिसकेको छ । 

केजिन राई