छाड चुनाव चल मिला बिदेशी शयर

Read Time:3 Minute, 47 Second

दोस्रो संविधान सभाको मिति नजीकिदै गर्दा सरकार प्रमुख विदेश भ्रमणमा  ब्यस्त छन् । संयुक्त राष्ट्रसंघको ६८ औ महासभामा भाग लिन मन्त्रीपरिषदका अध्यक्ष रेग्मीको नेतृत्वमा एक प्रतिनिधिमण्डल आगामी असोज ५ देखि १४ गतेसम्म न्यूयोर्क जान लागेको हो । परराष्ट्रमन्त्री माधव घिमिरे,परराष्ट्रसचिव अर्जुनबहादुर थापासहित करीव एक दर्जन न्यूयोर्क जान तयारी गरिरहेकाछन । न्यूयोर्कमा अध्यक्ष रेग्मीले भारतीय प्रधानमन्त्री डा मनमोहन सिंह र चिनिया बिदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्दैछन भने अमेरिकी राष्ट्रपति बाराक ओबामाले दिने रात्रीभोजमा सहभागी हुनेछन ।

 उता मुख्य सचिव लिलामणी पौडयाल भने भदौ २० देखि २४ सम्म चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्चेमा हुने आथिर्क तथा व्यापार मेलामा भाग लिन त्यसतर्फ जांदैछन । जल तथा उर्जा आयोगका सचिव डा कृष्णचन्द्र पौडेल सेप्टेम्बर १० देखि १४ सम्म हुने अन्तराष्ट्रिय साझेदारी सम्बन्धी बिश्व सम्मेलनका लागि जापान जांदैछन ।

कानुन मन्त्री हरिप्रसाद न्यौपाने नेतृत्वको प्रतिनिधिमण्डल भदौ २४ देखि २७ गते हुने एशियाली कानुन परामर्श दातृ संगठनको ५२ औ अधिवेशनमा भाग लिन नयां दिल्ली जाँदैछ ।

भदौ २५ देखि २७ सम्म हुने एशिया प्यासिफिक क्षेत्रिय पुनरावलोकन समूहको बैठकमा कानुन न्याय संबिधानसभा तथा संसदीय मामिला मन्त्रालयका सचिव भेषराज शर्माको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डल मलेसियाको राजधानी क्वालालामपुर जांदैछ ।

अन्तराष्ट्रिय आणविक उर्जा ऐजेन्सीको आयोजनामा भदौ ३१ देखि असोज ४ गतेसम्म अष्ट्रियाको भियनामा हुने आइएइएको ५७ औ साधारणसभामा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव सोमलाल सुवेदीको नेतृत्वको एक टोली त्यस तर्फ जांदैछ ।भदौ २४ देखि २५ सम्म पेरिसमा हुने यूनेस्कोको कार्याक्रममा सहभागि हुन शिक्षा मन्त्रालयका सचिव नारायण गोपाल मलेगो त्यस तर्फ जाँदैछन ।

संस्कृति,पर्यटन तथा नागरिक उडयन मन्त्री रामकुमार श्रेष्ठको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधि मण्डल सेप्टेम्बर २४ देखि अक्टुवर ४ सम्म अन्तराष्ट्रिय नागरिक उडयन संगठन (आइकाव)को ३८ औ महासभामा भाग लिन त्यसतर्फ जांदैछ ।भदौ ११ देखि १६ सम्म रुसमा आयोजना हुने साँस्कृतिक क्षेत्रका संभावना सम्बन्धी कार्यक्रम भाग लिन संस्कृति मन्त्रालयका सचिव सुशिल घिमिरे र सहसचिव भरतमणी सुवेदी त्यसतर्फ जाँदैछन ।

आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %