कार दुर्घटनामा काग्रेस नेता सहित चालकको मृत्यु

Read Time:1 Minute, 24 Second

पाल्पा, भाद्र ११

पाल्पामा भएको कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेहरुमा नेपाली काग्रेस गुल्मीका कोषाध्यक्ष ५५ बर्षिय हरी प्रसाद न्यौपाने र चालक करिब २२ बर्षका ईशब नेपालीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । न्यौपाने गुल्मी तम्घास ५ निबासी हुन भने चालक ईशब पनि तम्घासकै भएको प्रहरीले बताएको छ ।
बुटवल बाट पाल्पा आउदै गरेको लु १ च ४६०८ नम्बरको मारुती कार पाल्पा बुटवल सडक खण्डको मदनपोखरा ४ ठुम्रे नजिकै आज बेलुकी पौने ६ बजे दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख डिएसपि स्थानेश्वर रेग्मीका अनुसार बाटो माथि बाट एक्कासी गाडीमा ढुंगा खसेपछि गाडी अनियन्त्रित भएको थियो । गाडी सडक बाट ३५ मिटर तल खसेको छ । न्यौपाने गुल्मी निर्माण ब्यवशायी संघका अध्यक्ष समेत थिए ।
देब पचभैया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %