सुदूरपश्चमेलीहरूको महान पर्व गौरा सुरु

Read Time:2 Minute, 58 Second

पाँच दिनसम्म चल्ने  सुदूरपश्चमेलीहरूको महान पर्व गौराको सुरुवात भएसंगै राजधानीमा रहेका सुदूरपश्चिमेलीहरूले उत्साहपुर्वक यो पर्व मनाउन थालेका छन् । माता गौरिको पुजा आराधना गरि मनाईने यो पर्व सुरुभएसंगै यसको सांस्कृतिक महत्वको बारेमा समेत चर्चा हुन थालेको छ । सुदूपरपश्चिममा धुमधामकासाथ मनाईने गौरापर्व आईतवारबाट सूरु भएको हो । राजधानीमा रहेका सुदुरपश्चिमेलीले  गौरा पर्वको अवसर पारेर विशेष कार्यक्रम गरि धुमधामसंग यो पर्व मनाएका छन् ।

 पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरुले निराहार ब्रत बसी आ–आफ्नो घरमा तामा वा पित्तलको भाडोमा ‘बिरुडा’ अर्थात् पाँचथरी गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा बर्तालु महिलाहरूले गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रुपमा प्रयोग गर्ने गरिन्छ । बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरुपमा धान, जौँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा र्बनाई गौराघरमा भित्र्याउने चलन रहेको छ ।

धार्मिक अनुष्ठान एवं पुजा–आजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि  शिव र गौरीको पूजाआजा गर्ने गरिन्छ । यो पर्व सुदूपश्चिम क्षेत्रमा मात्रै नभएर भारतको कुमाउ गढवाल क्षेत्रमा समेत धुमधामका साथ मनाइने गरिन्छ । गौरापर्वको अवसरमा विदेशमा गएकाहरू घर फर्कने, विवाहिताहरू माइतमा जाने  र देउडा, ढुस्को खेलेर रमाइलो गर्ने चलन छ । सोही अवसरमा महिलाले अठेवाली मनाउनका लागि गौरा र महेश्वरको प्रतिमा टाउकामा राखेर परम्परागत तरिकाले नाच्ने समेत गर्छन । जसलाई गौरा नाचसमेत भन्ने गरिन्छ ।

 राजधानीमा रहेर घरजान नपाएकाहरूले यो पर्व यहीँ मनाएर आफ्नो संस्कृति जोगाउने प्रयत्न गरेकाछन् । राजधानीमा गौरा पर्वको विधिवत सुरुवात गर्ने काम प्रधानमन्त्री हुँदा सुदूरपश्चिम मूल घर भएका काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले गरेका थिए । त्यसपछि यसले ब्यापक प्रचार पाएको हो ।

जगन शर्मा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %