नेपालगन्ज भाद्र १०
सिमावर्ती छिमेकी बजारमा एक नेपाली विस्फोटक पदार्थसहित पक्राउ परेका छन् । भारतबाट रुपईडिहा नाका भएर नेपाल आउदै गरेका जाजरकोट रिम्ना– ९ का १८ वर्षिय विकास शाहीको साथबाट १५ थान विस्फोटक सामाग्री र २० थान इलेक्ट्रोनिक डेटोनेटर आज विहान एसएसवीले पक्राउ गरेको हो ।
उतराखण्डस्थित हिमाञ्चल प्रदेशमा सडकमा काम गरेर फर्किरहेको बताउने शाहीले प्रविण शाहीले आफुलाई सो सामाग्री घर पु¥याउन अ¥हाएको प्रतिक्रिया दिनु भएको एसएसवीले जनाएको छ ।
उक्त सामाग्री पहाड फोड्न समेत प्रयोग गरिने गरिन्छ । पक्राउ परेका शाहीलाई आवश्यक कारवाहीका लागि रुपैडिया थाना बुझाइएको एसएसवी सातौं वटालियन इ कम्पनिका सहायक सेना नायक पीएन सिंहलाई उदृत गर्दै त्यहाँबाट सहकर्मी सन्तोष शुक्लाले जनाएका छन ।
दीपा आले नेपालगन्ज
बिस्फोटक सहित भारतमा नेपाली पक्राउ
Read Time:1 Minute, 19 Second
