नेपाल मगर संघ टोकाई जापान को ११ अगष्ट २०१३ मा सम्पन्न भएको १५औ अधिवेसनले चयन गरेको कार्यसमति को पहिलो बैठक संस्थाका अध्यक्ष दिलिप राना मगरको अध्यक्षतामा आज टोयोटा सिटि मा विभिन्न निर्यण सहित सम्पन्न भएको छ । बैठकले कार्यकाल सफल पार्न विभिन्न बिभाग गठन गरेको छ जसमा स्वास्थ्य तथा उद्धार बिभाग प्रमुख भिजेन्द्रमान पुन मगर, आर्थिक बिभाग प्रमुख दिलमान घर्ति मगर, खेलकूद बिभाग प्रमुख उपहार घर्ति मगर, अन्तर्राष्ट्रिय समन्वय तथा सम्पर्क बिभाग प्रमुख कौडा बुढा मगर, सूचना तथा सन्चार बिभाग प्रमुख श्याम राना मगर, संस्कृति तथा मनोरन्जन बिभाग प्रमुख तीर्थमान बुढा मगर चयन गरेको छ।
बैठक मा १७ अगष्ट २०१३ मा सम्पन नेपाल आदिवासी जनजाती महासंघ जापानको १४औ महाधिबेशन मा अध्यक्षमा मन बहादुर पुन मगर र कोषाध्यक्षमा धन अर्गेजा मगर निर्वाचित भएकोले खादा ओढाई बधाई तथा सम्मान गरेको थियो। बैठकले कार्यसमितिको पूर्ण रुप दिन श्रीप्रसाद पुन मगर र होम राना मगरलाई कार्यसमितिको सदस्य मा चयन गरेको छ र आगामी सेप्टेम्बर २२, २३ मा टोक्योमा हुन लागेको नेपाल फेस्टिभल मा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
श्याम राना :टोकाई, जापान
