सद्भावना पार्टीले मधेस रक्षा बाहिनिलाई सक्रिय बनाउने भएको छ । शनिबारदेखी जनकपुरमा सुरु राष्ट्रिय कार्यसमितिको तीन दिवसीय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमपछि बाहिनी सक्रिय बनाउने निर्णय गरेको हो । सद्भावना पार्टीले अगामी चुनावलाई मध्य नजर गर्दै प्रत्येक गाउँमा मधेश रक्षाबाहिनीलाई सक्रिय बनाउन लागेको अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।
तीन दिन सम्म चलेको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संगठन समिक्षा तथा पार्टीका भावी कार्यनितिलगायत अगामी संविधान सभा चुनावका विषयमा छलफल भएको थियो । प्रत्येक गाउँमा जनवर्गीय संगठन निर्माण गरी भदौ १३ गतेदेखि ३० गतेसम्म युद्धस्तरमा संगठन सुदृढीकरणका कार्यमा सद्भावना लाग्ने भएको छ ।
संगठन सुदृढीकरणको क्रममा प्रत्येक जिल्लाका निर्वाचन क्षेत्रहरुमा एक दिन सम्मेलन तथा कार्यकर्ता प्रवेश कार्यक्रम गरिने छ । बैठकमा राष्ट्रिय कार्यसमितिका सम्पुर्ण पदाधिकारी, भातृसंगठन, सम्पुर्ण जिल्लाका अध्यक्ष क्षेत्रीय अध्यक्ष, नगर अध्यक्ष, क्षेत्रीय प्रभारीसहित पाँच सय भन्दा बढीको सहभागिता रहेको छ । माओवादीको वाईसीएल, एमालेको यूथ फ़ोर्स, लिम्बुवान भोलियन्टर्स जस्तै सद्भावनाको रक्षा वािहनी युवा संजाल हो ।
