भाद्र ५ गते देखी ८ गते सम्म खुला गरिएको कोरियन भाषा परीक्षाको आवेदन फाराम भर्ने मिति समाप्त भएको छ । यसपाली जम्मा ४७ हजार ९ सय २६ जना युवाले फाराम भरेको ईपिएस शाखाले जनाएको छ । यसपाली करिब ७० हजार युवालेफाराम भर्ने अनुमान गरिएको थियो । २०११ खुलेको भाषा परिक्षामा ५७ हजार युवाले फाराम भरेका थिए । २०११ को भन्दा यो बर्ष झण्डै १० हजार कम युवाले फाराम भरेको छ्न । २०११ मा लिईएको भाषा परिक्षामा उत्तीर्ण १५ हजार मध्य ९ हजार कोरिया गई सके पनि अझै करिब ६ हजार युवाहरू पालो पर्खेर बसिराखेकाछन ।

नयाँ भाषा परिक्षा पनि खुलेको अवस्था र भाषा परिक्षा पास भएको २ बर्षको अबधी पनि सकिनै लागेकाले सबै युवा कोरिया जान पाउने छैनन। कोरिया भाषा पास गरे पनि कोरिया जाने निश्चित नदेखे पछि कोरिया आकर्षण घटेको अनुमान गरिएको छ । कोरियाले यस वर्ष नेपालका लागि ८ हजार २ सय कोटा छुट्याएको छ । ईपिएस शाखाका अनुसार उत्पादनमूलक क्षेत्रमा ४ हजार ६ सय र कृषि तथा पशुपालनमा ३ हजार ६ सय युवालाई भाषा परीक्षामा उत्तीर्ण गराइने जनाएको छ । कोरियाले २०१३ मा ईपीएस प्रणाली लागू गरिएका १५ देशबाट ६२ हजार कामदार
भित्र्याउँदैछ ।
निश्चल काउचा
