दाङ, भदौ ८
लोकदोहोरी गायक चन्द्र शर्मा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको केन्द्रिय अध्यक्षमा लड्ने भएका छन् । गायक शर्माले २०७० भदौ ८ गते शनिवार दाङको घोराहीमा प्रतिष्ठानको अध्यक्षमा उमेदवारी दिने औपचारिक घोषणा गरेका हुँन् । घोराहीमा आयोजना गरिएको उमेदवारी घोषणा तथा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरी उनले प्रतिष्ठानको अध्यक्षमा उमेदावारी दिने औपचारिक घोषणा गरे ।
आगामी असोज ११, १२ र १३ गते सुर्खेतमा हुन गैरहेको प्रष्ठिानको पाँचौ केन्द्रिय महाधिवेशनमा अध्यक्षका लागि चुनावी मैदानमा गायक शर्मा उत्रदैछन् । घोराहीको गणेश चित्रालयमा खचाखच दर्शकहरुको बिचमा उनले उमेदवारीको घोषणा गर्दै उनले सहयोग गर्न समेत आग्रह गरे । उपस्थिती निकै बाक्लो भएकोले बस्ने ठाउँ नहुँदापनि उभिएर भएपनि गायक शर्माको उमेदवारीलाई जोडदार तालिका साथ दर्शकहरुले समर्थन जनाएका थिए ।

प्रतिष्ठानको केन्द्रिय सदस्य, महासचिव, उपाध्यक्ष हुँदै अहिले बरिष्ठ उपाध्यक्ष रहनुभएका शर्माले अबको अध्यक्ष बन्ने लाईनमा छन् । दाङ निवासी गायक शर्मा आफ्नै ठाउँमा औपचारिक उमेदवारी घोषणा गर्ने उद्देश्यले घोराहीमा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरी उमेदवारी घोषणा गरेको बताए । हाम्रो अभियान, अनुजको प्रोत्साहन, अग्रजको सम्मान’ भन्ने नारासहित राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको आयोजनामा गरिएको उम्मेदवारी घोषणा एवँ बृहत सांस्कृतिक कार्यक्रम दाङका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्तले छिनको छिनैमा बोलको गित गाउँदै मादल बजाएर उद्घाटन गरेका थिए ।
उदिराम खड्काको मयुर नाचबाट बृहत् सांस्कृति कार्यक्रमको शुरुवात गरिएको थियो । दाङ निर्माण ब्यवसायि संघको मुख्य प्रायोजनमा आयोजना गरिएको कार्यक्रममा आधुनिक गायक हेमन्त शर्मा, लोकदोहोरी गायक शिरिष देवकोटा र लोकदोहोरी गायिका जानकी तारामी मगरको प्रस्तुतीमा दङ्गालीहरु छमछमी नाचे । गायक हेमन्त शर्माले ‘मायाँले बाँधिएको छ भने यो जिन्दगी, के मायाँ गर्न हुँन्न र, नजिकै सर्न हुन्न र’, ‘मुल हौ भने रसाईदेउ, फुल हौ भने बसाईदेउ, मायाँ गर्छु भन्नेले मायाँ देखाईदेउ’ बोलको गित गाएर दर्शकहरुलाई नचाउँदै भरपुर मनोरञ्जन दिए ।

त्यस्तै लोकदोहोरी गायक शिरिष देवकोटाले कहाँ सुनौली यो बोली रुँदै जान्छ्यौं भोली (रोईला), कुखुरीले फुल पा¥यो चल्ला भो, लाईयो मायाँ बेकारमा हल्ला भो बोलको दोहोरी गित र लालुमै बोलको तिजगित गाए । त्यस्तै गायिका जानकी तारामी मगरले जता हावा उतै चल्छ हुरी बोलको लोकदोहोरी गित र मोटरसाईकल झ्याउ भयो, कार किनेर ल्याउ बोलको तिजगित गाएर दर्शकहरुलाई मनोरञ्जन दिए । कार्यक्रममा बिशेष प्रस्तुतीको रुपमा मणिधन राईको झांंक्रि नृत्य र गायक तथा मोडल सन्दिप न्यौपाने र स्मृति तिमिल्सिनाको नृत्यले पनि दर्शकहरुलाई मनोरञ्जन दिएको थियो । यस्तै कार्यक्रममा अन्य कलाकारहरु नविन पौडेल, भागिरथ चलाउने, चन्द्र शर्मा, सन्दिप न्यौपाने, गिता महरा, नारायण न्यौपाने, सरला पाण्डे, चन्द्रा कार्कीले गित गाएकाथिए । त्यस अवसरमा मधुरिमा कला केन्द्र घोराही, उद्मोदय पब्लिक उमावि भरतपुर घोराही, सिअना कला केन्द्र तुलसिपुर, आस्था कला केन्द्र घोराही, दोभान कला केन्द्र तुलसिपुरका कलाकारहरुले बिभिन्न प्रकारका नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण प्रतिष्ठानका पुर्व अध्यक्ष तथा गायक प्रजापति पराजुलीले गरेकाथिए ।

देविका घर्ती मगर
