निमा ग्याल्जे शेर्पा गोपर्मा,
अष्ट्रेलिया गोरे बहादुर खपांगी उपचारको लागि आज मैले ३६ हजार रुपैया, मेरो हितैसी मित्र हरु निमा तामांग र लक्ष्मी तामांग बाट जनही २७/२७ हजार गरि जम्मा नेपाली रुपैया ९० हज़ार नेपाल पठाइएको छ । रकम संकलक गोरे बहादुर उपचार सहयोग समितिका संयोजक मित्र संकर लिम्बु संग सम्पर्क हुन नसकेकोले उक्त रक़म डा. कृष्ण भट्टचन मार्फत सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गरिनेछ ।
आदिवासी जनजातिका महान नेता गोरे बहादुर खपागींलाई उपचार सहयोग रकम संकलनका लागि जनजातिको पक्षमा चर्को नारा उराल्ने साथी हरुलाई पटक पटक फोन र इमेल गर्दा हुन्छ, हुन्छ र ल ल मै चार महिना बितेछ तर सहयोग प्राप्त भएन ! बरु कम बोल्ने तर परेको बेलामा मन खोलेर सहयोग गर्ने निमा तामांग भाइले एकै बचनमा उसको हप्ता भरिको कमाइ गोरे दाइको उपचारमा सहयोग गरेको छ ! त्यसै गरि तामांग, आदिवासी जनजाती समुदायमा मात्र नभई सिंगो नेपाली बौद्धिक जमातमा उदाईरहेकि बौद्धिक व्यक्तित्व पीएचडी स्कलर लक्ष्मी तामांग आफु पढिरहेकि भएपनि आफ्नो दैनिक आधारभूत खर्च कटाई जसरी सहयोग गर्नु भयो त्यो अतुलनीय छ ।
आजका अशोक राई र चैतन्य सुब्बाहरु जन्माउने महान नेता गोरे दाईलाई आफुले सकेको सहयोग गर्न पाँउदा आफुलाई ठुलो आत्मसन्तुष्टि मिलेको छ । गोरे दाईको चाँडो स्वास्थ्य लाभको कामना सहित संसार भरिका गोरे दाई उपचार सहयोगी मित्र हरुमा हार्दिक एेक्यबद्धता ।
(मन्च सम्बद्ध संघिय लिम्बुवान राज्य परिषद, अष्ट्रेलियाका सल्लाहकार शेर्पा त्यहाँ उच्च शिक्षा अध्ययन गरिरहेकाछन)