वैद्यहरुलाई मिलाउन गोलमेच सम्मेलन

Read Time:1 Minute, 27 Second

 उच्चस्तरीय राजनीतिक समिति र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध मोर्चाबीच सर्वदलीय वार्ता गर्ने सहमति भएको छ । समिति र मोर्चाबीच नयाँ बानेश्वरमा आज भएको वार्तामा निर्वाचनलगायत सबै विषयमा सहमति खोज्न सर्वपक्षीय वार्ता गर्ने सहमति भएको हो ।

बैठकको समय दुई दिनपछि हुने वार्ताबाट तय गरिने नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले जानकारी दिए । बैठकमा विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दल सहभागी हुने बताइएको छ । सरकार र निर्वाचनलगायत आफूहरुले अघि सारेका सबै मागको टुंगो सर्वपक्षीय बैठकबाट लाग्ने वैद्यले बताए । मोर्चाले गोलमेच बैठक भने पनि समितिले बैठक भनेको छ ।

सरकार र उच्चतरीय राजनीतिक समितिसमक्ष मोर्चाले ११ बुँदे सहमति र २५ बुँुदे बाधाअड्काउ आदेश खारेजी, सरकार परिवर्तन गरी दलीय नेतृत्वमा नयाँ सरकार गठन र ४ मंसिरमा घोषित संविधानसभा निर्वाचन स्थगनलगायत १८ बुँदे सर्त पेश गरेको छ ।

आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %