आज साँच्चिकै गाईजात्रा

Read Time:3 Minute, 28 Second

 देशमा नेताले पलपलमा देखाईरहेका गाईजात्राले मुर्छित भएका सर्वसाधारण आज साँच्चिकै गाईजात्राबाट फ्रेस भैरहेकाछन । दिवङगत आफन्तको सम्झना तथा उनीहरुको आत्माको शान्तिका लागि आज गाईजात्रा पर्व मनाईदै छ ।गाई वा मानिसलाई गाईका रुपमा सिंगारेर नगर परिक्रमा गराउने प्रचलन अनुरुप यो पर्व मनाउने परम्परा छ ।

यमलोकको मुख्यढोका वर्षभर बन्द रहने र मृत्युलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतात्माले यमलोक प्रवेश पाई मुक्ती पाउने गरुड पुराणमा उल्लेख छ । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभर मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । काठमाडौ“ उपत्यकाका तीनै सहरमा मनाइने परम्परागत साँस्कृतिक उत्सव ‘गाईजात्रा’ आज भाद्र कृष्ण प्रतिपदादेखि आठदिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ ।

आजका दिन दिवङगत भएका आफन्तको सम्झनामा गाईजात्रा निकाल्नेहरुलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । पुत्रशोकले विह्वल भएकी आङ्खनी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन तत्कालीन राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो दिवंगत व्यक्तीका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू  भनी आज्ञा दिएका थिए । त्यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम  गराउने उनको आदेश अनुसार गाइ जात्राको अवधीमा विभिन्न व्याङग्यात्मक प्रर्दशन पनि गरिन्छ ।

यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तीको सम्झनामा रामायणका करुण रसका गीत पनि गाइने चलन छ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान चामलको नमुना, काठमाडौको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय छन् । भक्तपुरमा गाईजात्राका दिन धार्मिक परम्परा अनुसार भैरवको परालबाट निर्मित रथ नगर परिक्रमा गराउने प्रचलन रहिआएको छ ।

गाईजात्रा पर्व काठमाडौ उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशूलीबजार, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौंडा र पोखरामा पनि मनाइन्छ । नेवार समुदायको बाहुल्यता रहेको काठमान्डौमा सरकारले आज  सार्वजनिक बिदा दिइएको छ ।

आनन्द गुरुङ

 

  

 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %