नेपथ्यका अमृतलाई ‘शिरोमणि’

Read Time:2 Minute, 5 Second

पोखरा, ४ भदौ
 नेपालको सर्वाधिक लोकप्रिय पप ब्याण्ड नेपथ्य ब्यान्डका गायक अमृत गुरुङ पोखरामा पुरस्कृत हुने भएका छन् । केही साता अघि लण्डनस्थित बेम्बली एरिनामा सांगीतिक प्रस्तुति दिएर नेपाल फर्केका अमृत ‘शिरोमणि’ पुरस्कारबाट पुरस्कृत हुनेछन् ।

पोखरेली युवा साँस्कृतिक परिवारले दुई–दुई वर्षमा प्रदान गर्ने यो पुरस्कार यसवर्ष अमृत गुरुङलाई प्रदान गरिने परिवारले निर्णय गरेको छ । भदौ ८ गते पोखरामा बृहत कार्यक्रम गरि दिइने शिरोमणी पुरस्कारको १५ हजार, ताम्रपत्र र दोसल्ला रहेको छ ।

दुई दशकदेखि नेपाली गीत, संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको र नेपाली लोकलयलाई आधुनिकतासँग जोडेर फ्यूजन संगीतको नयाँ स्वादलाई अगाडि बढाएकाले गुरुङलाई पुरस्कृत गर्न लागिएको परिवारकी अध्यक्ष सरस्वती प्रतीक्षाले जानकारी दिइन् । गण्डकी क्षेत्रमा रही साहित्य, संगीत र संस्कतिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने एक जनालाई प्रदान गरिदै आएको यो पुरस्कार यसै वर्षदेखि राष्ट्रिय स्तरमा प्रदान गर्न थालिएको हो ।

यसअघि शिरोमणि पुरस्कारबाट मुक्तिनाथ शर्मा, अलिमियाँ, दुर्गा बराल, सर्वज्ञमान प्रधानांग, सरुभक्त, देवीप्रसाद वनवासी, गोबिन्दबहादुर कुँवर, तेजनाथ घिमिरे, तीर्थ श्रेष्ठ र प्रेम छोटा सम्मानित भइसकेका छन् ।

सविता मगर,पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %