कावासोती
राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध नेपाल बिद्यार्थी मोर्चा नवलपरासीको तेश्रो अधिवेशन,कृष्ण रोका मगरको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ । कार्य समितिको उपाध्यक्ष,सचिव,उप–सचिव,सँगठन सचिव र कोषाध्यक्षमा क्रमशः गँगा सारु, झक बहादुर राना, टेकबिर थापा, दीपा राना र अमृता राना चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा नेत्रजङ गुरुङ, बिरेन्द्र बा¥हघरे,मोहन पुन, इन्द्र थापा, प्रेमा पुन, भुपाल गाहा,कुमार दिसुवा, भवानी राना, सृजना राना र गोमती राना रहेका छन् ।
गत शनिवार माकर–२ स्थित दिब्यज्योति बहुमुखी क्याम्पसमा सम्पन्न सो अधिवेशनको उद्घाटन सत्रमा,मोर्चाका निवर्तमान जिल्ला अध्यक्ष एवम् केन्द्रिय सह–अध्यक्ष प्रेमध्वज गाहा मगरको अध्यक्षता तथा रा.ज.मु.पा.सँघीय परीषद सदस्य रुद्र बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । चयन भएको नयाँ कार्य समितिका पदाधिकारीहरुलाई राष्ट्रिय महिला मोर्चा जिल्ला अध्यक्ष जनकाँशी गुरुङ, राष्ट्रिय दलित मोर्चा जिल्ला अध्यक्ष मोतीलाल बिश्वकर्मा,पार्टीका जिल्ला सँगठन सचिव ढाल बहादुर श्रेष्ठ,उप–सचिव जगतकाजी गुरुङ र बैकल्पिक सँघीय परीषद सदस्य एवम् जिल्ला इन्चार्ज लुम बहादुर खाम्चा मगरले सफल कार्यकालको लागि शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो भने पार्टीका जिल्ला सचिव तिल बहादुर झेँडीले कार्य समिति चयनमा सँयोजकको भुमिका निर्वाह गर्नुभएको थियो । प्रशस्तै आर्थिक सहयोग पनि जुटेको सो कार्यक्रम, अधिवेशन तयारी समितिका सचिव पुर्ण थापा मगरले सञ्चालन गरेका थिए ।
नवलपरासीमा बिद्यार्थी मोर्चा
Read Time:2 Minute, 29 Second
