काठमाण्डुमा गोर्खाल्याण्ड समर्थकमाथि प्रहरी डण्डा

Read Time:3 Minute, 9 Second

दार्जीलिङबासीहरुले गोर्खाल्याण्ड आन्दोलनको समर्थनमा नेपालको राजधानी काठमाडौमा गर्न लागेको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले रोक लगाएको छ । काठमाडौंमा बस्दै आएका नेपाली भाषी भारतीय दार्जीलिङ बासीले आइतबार बेलुका ५ बजे राजधानीको लैनचौरस्थित् भारतीय दुतावास अगाडि शान्तिपूर्ण प्रदर्शनको तयारी गरेको थियो तर प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रदर्शनकारीहरु तितर–वितर भएका छन् ।

आफूहरुले गर्ने प्रदर्शन शान्तिपूर्ण हुने जनाऊ दिन दार्जीलिङबासीहरुको एउटा टोली आइतबार दिउँसो बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो । आङ्खनो देशको दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति माग्दै सो टोलीले काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतम समक्ष लिखित निवेदन दिएको थियो ।
तर, प्रजिअले प्रदर्शन गर्न सक्नुहुन्छ, हामी हनुमानढोका प्रहरीलाई जानकारी गराउँछौं भनेर विश्वास दिएका थिए । तर पनि प्रहरीले प्रदर्शन गर्न रोक लगाएको छ । ‘प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले हुन्छ, गर्नोस् भनेर पठाउनुभयो तर लैनचौरस्थित भारतीय दूतावास अगाडि पुग्दा त्यहाँ अघि नै प्रहरी तैनाथ गरिएको रहेछ, प्रहरीले हामीलाई शान्तिपूर्ण कार्यक्रम पनि गर्न दिएन ।’ गोर्खाल्याण्डका समर्थक निकेन गुरुङले बताए
।
नेपाल सरकारले अनुमति दिए पनि दूतावासको दबावमा आङ्खनो कार्याक्रम बिथोलिएको गुरुङले बताए । प्रहरीले गोर्खाल्याण्डको समर्थनमा प्रदर्शन गर्न नदिएपछि गोर्खाल्याण्ड आन्दोलनका समर्थकहरुले ठमेलमा भेला भएर आन्तरिक छलफल गरेका छन् ।
यसैबीच गोरखाल्याण्ड राज्यको माग गर्दै दार्जीलिङमा आन्दोलनरत दलहरुको संयुक्त समिति ‘ज्वाइन्ट एक्सन कमिटी’ले आन्दोलनको स्वरुप परिर्वतन गरेको छ ।सोमबार ‘जनता घरभित्र’ अर्थात जनकफ्र्यु कायम राखिएको छ भने मंगलबारबाट ४ दिन ‘जनता घर बाहिर’ अर्थात र्याली गर्ने घोषणा गरिएको छ । ‘हामीले आङ्खनो कार्यक्रम परिर्वतन गरेका छौं’ गोरखा जनमुक्त मोर्चाका अध्यक्ष विमल गुरुङले फेसबुक मार्फत जानकारी गराएकाछन ।
आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %