पचास प्रतिशत युवा उठाउने बैठक

Read Time:2 Minute, 49 Second

राष्ट्रिय युवा मोर्चा केन्द्रिय कार्य समितिको वैठक राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी राज्य समितिको कार्यलय बुटवलमा बस्यो । केन्द्रिय समितिका अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा बसेको बैठकले संविधान सभाको दोस्रो निर्वाचन सम्पन्न गर्न देशका सबै राजनैतिक दललाई समेटेर जानु पर्न निष्कर्ष निकाल्यो ।
बैठकले आगामी संविधानसभाबाट युवामुखी संविधान बनाउन सबै राजनैतिक दलमा पचास प्रतिशत युवा उमेद्वार बनाउनु पर्न निष्कर्ष निकालेको मोर्चाका सचिव लालबहादुर गोतामेले बताएका छन् । उनले राष्ट्रिय जनमुक्ति पार्टी भित्रैबाट पनी६० प्रतिशत स्थानबाट युवा उमेद्वारहरुले उमेद्वारी दिने तयारी गरेको खुलासा पनी गरे । बैठकले संगठनलाई शसक्त गराएर लैजानको लागी राज्य समिति स्तरीय राष्ट्रिय युवा मोर्चा गठन गर्ने निर्णय गरेको पनी बताए । जसमा लुम्बिनी राज्य समितिका संयोजकमा दलबहादुर थापा रुपन्देहीलाई तोकिएको जानकारी गराए । बैठकले मोर्चालाई आर्थिक रुपमा सबल र आन्तरीक रुपमा स्वरोजगार सृजना गर्नका लागी २५ लाख बराबरको अक्षय कोष निमार्ण गर्ने निर्णय भएको समेत जानकारी गराए ।उनले मोर्चाको मुखपत्र राष्ट्र दशै भन्दा अगाडी प्रकाशनमा ल्याउने तयारी भएको समेत बैठक पछि राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी राज्य समितिको कार्यालय बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बताए ।
युवा नेता गोतामेले भाद्र २९ र ३० गते रुपन्देहीमा बस्ने मोर्चाको विस्तारीत बैठकमा महासचिव,अध्यक्ष र कोषाध्यक्षबाट प्रस्तुत हुने प्रतिवेदनमा छलफल गरिने निर्णय भएको समेत बताए । सो विस्तारीत बैठकबाट राष्ट्रिय जनमुक्ति पार्टीका समाहित भएका ६ राजनैतिक पार्टीका युवा संगठनहरुलाई पनी समेटी उचित जिम्मेवारी दिने निर्यण भएको जनाएका छन् ।
 कमल चौधरी, वुटवल

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %