आखिर भो मध्यरातमा सहमति

Read Time:1 Minute, 29 Second

उच्चस्तरीय राजनीतिक समिति र उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाबीच ६ बुदे सहमति भएको छ। सहमतिसगै मोर्चा आवद्ध साना आठ दल ४ मसिरमा घोषित संविधानसभा निर्वाचनमा सहभागी हुने भएकाछन् ।
गएराति अबेर सकिएको वार्तामा समिति र मोर्चाबीच संविधानसभा सदस्य संख्या ५ सय ८५ पु¥याउने सहमति भएको छ । प्रत्यक्षमा २ सय ४० कामय राखी समानुपातिकमा ३ सय ३५ र १० जना मन्त्रिपरिषद्बाट मनोनीत गर्ने सहमति भएको छ । उच्चस्तरीय राजनीतिक समिति विस्तार गरी मोर्चाको नेतृत्वकर्ता फोरम अध्यक्ष यादवलाई सदस्यमा थप गर्ने सहमति पनि समिति र मोर्चाबीच भएको छ । यस्तै दलहरुबीच निर्वाचन कार्यतालिका प्रभावित नहुने गरी निर्वाचन आयोगलाई मतदाता नामावली संकलनको म्याद दुई साताका लागि थप्न आग्रह गर्ने सहमति पनि भएको छ ।

 

सहमति पत्रमा एकीकृत नेकपा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र मोर्चाका तर्फबाट परशुराम तामाङले हस्ताक्षर गरेका छन् ।
आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %