टेलिभिजन सञ्चालकहरको संस्था (टिबिएन)ले पत्रकार नविन ढुंगाना र ज्योती शाहलाई कुनै पनि टेलिभिजनमा कामको अवसर नदिने लिखित निर्णय गरेको छ । यद्यपी उनीहरुबिच सो निर्णय सार्वजनिक नगर्ने सहमति भएको छ । केही समय अघि तलब माग्दा एभिन्युज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले पञकारद्धयलाई समाचारकक्षमै हातपात गरेका थिए । त्यसपछि न्यायका लागि सञ्चारसम्बद्ध संस्थाहरु गुहार्न पुगेका उनीहरुबारे कसैले मुख खोल्ने साहस गरेका छैनन् ।

नविन ढुंगाना र ज्योती शाह
पत्रकार ढुंगाना र शाहबारे लेखेकै आधारमा कान्तिपुर टेलिभिजनमा छनोट भइसकेका पत्रकार नकुल अर्याल कर्णिकारकै पहलमा कान्तिपुर जानबाट रोकिएका छन् । आफुले गरेको अत्याचारबारे बोल्ने जोकोही विरुद्ध एक हुने कसम खाएर सञ्चालकहरुले मनपरि गरिरहंदा पत्रकारहरुको छाता संगठन पत्रकार महासंघ भने चुप लागेर बसेकोछ । जगन शर्मा, काठमाण्डु
