साउन २६ पोखरा
नेपाल तमु विद्यार्थी छोज धीं कास्कीले २०६९ सालको प्रवेशिका परीक्षामा उत्तीर्ण कास्की जिल्लाभरिमा तमु समुदायबाट संस्थागत तथा सामुदायिक विद्यालयबाट सवोत्कृष्ट तमु विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
संस्थागत विद्यालयबाट छात्रा तर्फ कास्की मोडानाइज स्कुलकी प्रतिक्षा तमुस्यो (९०.१३५), छात्रतर्फ कुमुदिनी होम्सका सचिन तमु (८८.५५) सवोत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित भएका छन् । यसैगरी सामुदायिक विद्यालयबाट छात्रातर्फ अमरसिंह उच्च मा.वि.की सोनी तमुस्यो (८२.८८५) छात्रतर्फ अमरसिंह उच्च मा.वि.कै उदय तमु (७४.८८५) विद्यार्थीको रुपमा सम्मानित भएका छन् । यसैक्रममा भद्रकाली उच्च मा.वि.बाट ७७.१३५ अंक ल्याई सामुदायिक विद्यालयतर्फबाट उत्तीर्ण भएकोले प्रोत्साहनस्वरुप हमिला तमुस्योलाई विशेष सम्मान गरिएको थियो भने विवेश तमु, उत्तम तमु, इमान तमु, कञ्चन तमुस्यो लगायत सयजना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल तमु विद्यार्थी छोंज धींका महासचिव लाल तमुले देशमा रहेको धार्मिक, जातीय,भाषिक, साँस्कृतिक बिभेदको अन्त्य गरी समानताको लडाई जारी रहेको र पहिचान सहितको तमुवान प्राप्तिको लागि सम्पूर्ण तमु विद्यार्थीहरु गोलबद्ध हुनुपर्नेमा जोड दिए । यसैगरी तमुको एकता नचाहने तत्व जो सीमित क्षेत्रमा छन् तिनीहरु अब एकतामा आएन भने इतिहासको पानामा सीमित हुने उनको दाबी थियो । यसैगरी अर्का वक्ता आदिवासी जनजाति अगुवा तथा प्राध्यापक डा. गेहेन्द्रमान उदासले जसरी पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर राम्रो काम ग¥यो त्यसरी नै नेपालका आदिवासी जनजातिहरुको भाषा, धर्म, संस्कार, संस्कृति लोप गराउन र आदिवासी जनजातिहरुलाई विभेदको शुरुवात हुनु नराम्रो पक्ष रहेको उनले बताए ।
कार्यक्रम अनिता तमुस्योको अध्यक्षता जिल्ला अध्यक्ष रिम तमुको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । पुनम तमुस्योले सञ्चालन गरेको कार्यक्रममा तमु ह्युल छोंज धीं कास्कीका प्रचार सचिव विजय तमु, लिटिल स्टेप बोर्डिङ स्कुलका फाउण्डर शेर बहादुर तमु, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व उपाध्यक्ष लोक बहादुर थापा मगर, पोखरा इन्जिनियरिङ्ग कलेजका प्रसाशन प्रमुख हिमलाल भुषाल लगायतले आफ्नो धारणा राखेका थिए । भने क्याम्पस इकाइहरुले साँस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।
सविता मगर, पोखरा
