दाङ, साउन २७
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को १४ औं स्थापना दिवसको अवसरमा फोनिज दाङले आज आईतवार जेष्ठ नागरिकहरुलाई फलफुल बितरण गरेको छ । घोराही नगरपालिका–९ तेरौटेस्थित जेष्ठ नागरिक सरोकार केन्द्रद्धारा सञ्चालित बृद्धाश्रममा एक कार्यक्रमका बिच जेष्ठ नागरिकहरुलाई फलफूल वितरण गरिएको हो । फोनिज दाङका अध्यक्ष देविका घर्ती मगर, सचिव शिव घर्ती मगर, सल्लाहकार रोशनकामन श्रेष्ठ, पार्षद माधव चौधरी लगायतले सँयुक्तरुपमा फलफुल बितरण गरेका थिए ।
देविका घर्ती मगर
