एकीकृत नेकपा (माओवादी) का नेता तथा पुर्व अर्थमन्त्री बर्षमान पुन अनन्तले वेराजगार युवाहरुलाई भत्ता दिने अध्यादेश राष्टपतिले अस्विकार गरेको आरोप लगाएका छन् । आफु अर्थमन्त्री हुदा बर्षमा कम्तिमा ५० दिन बेराजगार युवाहरुलाई रोजगारी दिने र सो नभए ५० दिन बरावरको बेरोजगार भत्ता दिने अध्यादेश तयारी गरी राष्टपतिकोमा पेश गरेकोमा राष्टपतिले स्वीकृत नगरेको वताए ।

राष्टपतिले राजनितीक पुर्वाग्रहको आधारमा अध्यादेश अस्विकृत गरेको बताउदै पुनले शहिद बेपात्ता परिवारलाई राहत सम्बन्धी अघिल्लो सरकारले गरेको निर्णय वर्तमान सरकारले कार्यान्वयन नगरेको मात्र हैन सुकुम्बासी आयोग विगटन गरेर जनहित विपरीत कार्य गरेको वताए ।
शुक्रवार सुनसरीको धरानमा अगुवा कार्यकर्ताहरुसंगको छलफलमा नेता पुनले माओवादीको अगाडी संविधान सभावाट परिर्वतनलाई संस्थागत गर्नृको विकल्प नरहेको बताए । कार्यकर्ता संगको भेटमा उनले निर्वाचनमा पुरै तागतका साथ लाग्न निर्देशन दिएकाछन् । संविधान निर्माण गर्न माओवादीले दूई तिहाई ल्याउनै पर्ने कुरा जनतामा पुर्याउन समेत कार्यकर्तालाई निर्देशन दिए ।
शक्रवार नै नेता पुनले मोरङमा आयोजित मोटर साईकल र्याली लाई सम्बोधन गरे । साउन ३० गते मोरङको पथरीमा हुने विसाल जनसभाको पर्वसन्ध्यामा निकालिएको उक्त र्यालीमा हजार बढी मोटरसाईकल सहभागी रहेको आयोजकले जनाएको छ । सभालाई माओवादी नेता तथा पुर्व अर्थमन्त्री वर्षमान पुन लगायतका नेताहरुले सम्बोधन गर्ने जनाईएको छ ।
भैरब आङ्ला, धरान
