माग नसुनिए चुनावमा मजा चखाउने आदिवासी धम्की

Read Time:5 Minute, 20 Second

अगष्ट ९ तारिख शुक्रबार


१९ औं विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम मनाइयो  ।  दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघ र जनजाति सम्वद्ध संघसंस्थाले राजधानीसहित देशभर विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसको अवसर पारेर आदिवासी जनजाति महासंघले राजधानीको टुँडेलखेलमा विशेष कार्यक्रम आयोजना गर्यो ।


कार्यक्रमअघि महासंघले ‘आदिवासी जनजातिको अभियान, पूर्ण समानुपातिक, समावेशी प्रतिनिधित्व र पहिचानसहितको संघीयताका लागि नयाँ संविधानसभा निर्वाचन’ भन्ने नाराका साथ राजधानीको रत्नपार्क स्थित शान्तिवाटिकाबाट झाँकीसहितको र्याली निकालेको छ ।


रत्नपार्कबाट सुरु भएको र्याली पूरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्यूरोड हुंदै टुंडिखेल पुगेर सभामा परिणत भएको थियो । वश्वभर आदिवासी दिवस मनाइएको छ । संयुक्त राष्ट्रसंघले १९ वर्षअघि अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवस घोषणा गरेपछि अगष्ट ९ लाई विश्वभरका आदिवासी समुदायले विश्व आदिवासी दिवसको रूपमा मनाउन थालेका हुन् । नेपालमा पनि सूचीकृत आदिवासी जनजाति समुदायले शुक्रबार पहिचानलाई महत्व दिंदै १९औं विश्व आदिवासी दिवस आन्दोलनकै रूपमा मनाए ।
शुक्रबार १९औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंको टुँडीखेलमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आदिवासी जनजातिहरूको अधिकार स्थापित गर्न संविधनसभाको निर्वाचन अपरिहार्य रहेको बताए । उनले नेपाल अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी ‘आईएलओ’ १६९ को पक्ष राष्ट्र भएको भन्दै संविधानसभाको निर्वाचनपछि आदिवासी जनजातिहरूको अधिकार स्थापित हुने दाबी गरे ।
‘आदिवासी जनजातिको अभियान, पूर्ण समानुपातिक, समावेशी प्रतिनिधित्व र पहिचानसहितको संघीयताका लागि नयाँ संविधानसभाको निर्वाचन’ भन्ने नाराका साथ सम्पन्न विश्व आदिवासी दिवसको मूल समारोहमा बोल्दै आदिवासी अगुवाहरूले पहिचानसहितको संघीयताका लागि जस्तोसुकै संघर्ष गर्न तयार रहेको चेतावनी दिए ।
शुक्रबार विश्वभर ‘आदिवासी जनजातिहरूसंग गरिएका सन्धी तथा सम्झौताहरू कार्यान्वयन गर’ भन्दै मनाइएको विश्व आदिवासी दिवस नेपालमा भने पहिचान र संविधानसभा निर्वाचनमा केन्द्रीत थियो । कार्यक्रमका बोल्ने अधिकांश वक्ताले संविधनसभाको निर्वाचनका लागि चार दलले गरेको सहमतिमा असन्तुष्टि व्यक्त गरेका थिए । संविधानसभामा समानुपातिकको सिट संख्या घटाउने निर्णय आफूहरूमाथिको घात भएको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा शुभकामना दिंदै विभिन्न दलका नेताहरूले आफूहरू आदिवासी जनजातिको अधिकार स्थापित गर्न प्रतबद्ध रहेको बताएका छन् ।
तर दलका नेताहरूबाट पटक–पटक धोका पाइसकेका आदिवासी जनजातिहरूले भने दलहरूलाई आफूहरूको मुद्दा छाडे निर्वाचनमा पराजय चखाउने चेतावनी दिएका छन् ।

आदिवासीलाई संयुक्त राष्ट्टसंघका महासचिव वानकिमुनको सन्देश

विश्व आदिवासी दिवसको अवसरमा टुंडीखेलमा मूल समारोह आयोजना गरिनुअघि रत्नपार्कको शान्तिवाटिकाबाट झा“कीसहितको र्याली निकालिएको थियो । विभिन्न आदिवासी जनजाति समुदायको परम्परागत पहिरन तथा उनीहरूको संस्थागत व्यानरसहितको र्याली पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्युरोडहुंदै सभास्थल टुँडिखेल पुगेको थियो । कार्यक्रममा नेपालका आदिवासी जनजाति समुदायहरूको पहिचान झल्कने सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिएको थियो ।

आनन्द गुरुङ

फोटो फिचर-

 

जब मौरीको झुण्ड झैं निस्किए आदिवासीहरु सडकमा

बाँकेका आदिवासीहरुको यस्तो थियो गर्जन


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %