नेपालगन्ज श्रावण २५
नेपाल आदिवासी जनजाति महासंघ बांकेको आयोजनामा नेपालगन्जको बौद्ध गुम्बामा भएको १९ औं विश्व आदिवासी जनजाति दिवसको उपलक्ष्यमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले अब बन्ने नयां संविधानसभाको चुनावमा आदिवासी जनजातीको हक अधिकार सुनिश्चित गरिनुपर्ने बताए । उनले अबको संविधानसभाको चुनावमा आफ्नो अधिकार सुनिश्चित गर्न स्वयम आदिवासी जनजातिहरु एकजुट भएर आफै सक्रिय भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै आदिवासी जनजाति बौद्ध धर्म संघ बांकेका अध्यक्ष संजिव लामाले आदिवासी जनजातिको भाषा धर्म, संस्कृतिको जगेर्ना गर्न राज्यलाई आग्रह गरे । उनले भने हाम्रो संस्कृति, धर्म र पहिचानको जगेर्ना गर्नु राज्यको दायित्व हो । राज्यले जानी जानी आदिबासी जनजातिको अधिकारलाई बेवास्ता गर्छ भने हामी चुप लागेर बस्ने छैनौ हाम्रो लडाई भनेको पहिचान सहितको संघीयता अबको संविधानमा लेखिनुपर्छ ।
नेपाल मगर संघ केन्द्रिय सदस्य पुर्णिमा थापामगरले अहिले पनि राज्यले समानुपातिक र समावेशीमा आदिवासी जनजातिहरुलाई आंखामा छारो हाल्ने काम गरेको बताईन ।
नेपालगन्जको गणेशपुर स्थित बौद्ध गुम्बा बाट निस्किएको र्याली सेतु बिक चोक हुंदै त्रिबेणीचोक, घरबारीटोल, पुष्पलाल चौक बाट न्यूरोड हुंदै पुनः बौद्ध गुम्बामा आएर कोण सभामा परिणत भएको थियो ।
दिवसको अवसरमा नेकपा एमालेका निरक गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीका बल बहादुर रानामगर र एनेकपा माओवादीका प्रतिनिधि पिनु थापामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय सदस्य दीपा आले मगर, तामागं घेदुङ संघका केन्द्रीय सदस्य मान बहादुर तामाङ, बौद्ध गुम्बाका पूर्व अध्यक्ष गुमानसिंह गुरुङ, कानुन ब्यवसायी यूग बहादुर गुरुङ, नेपाल मगर संघका अध्यक्ष धनसिंह रानामगर, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष शुक्रऋषि चौलागाई नेवाःपुच बाँकेका अध्यक्ष गजेन्द्रमान पति, नेपाल तामाङ घेदु¨ बाँकेका अध्यक्ष पूर्णमान तामाङ, आदिबासी जनजाति समन्वय परिषद बागेश्वरी गाविसका अध्यक्ष भिम बहादुर रानामगर लगायतले आदिवासी जनजातीहरु सबै एकजुट भएर अगाडि बढ्नु पर्ने, पार्टी भन्दा माथि उठेर जातिको हकहितमा लाग्नु पर्ने, भाषा, संस्कृति, धर्म, परम्परालाई जगेर्ना गर्नु पर्ने र समानुपातिक, समावेशी र पहिचान सहितको संघीयता अबको नयां संविधानमा लेखिनुपर्ने विषयमा राज्यको ध्यान जानु पर्ने लगायतका पक्षमा जोड दिएका थिए ।
महासंघका कोषाध्यक्ष उमा थापामगरले गरेको सहजिकरणमा कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष डम्मर थापामगरले गरेकाथिए भने कार्यक्रम संचालन महासंघका उपाध्यक्ष मंगल चौधरीले गरे । कार्यक्रममा आदिवासी जनजातिहरुले आ–आफ्ना भेषभुषामा सजिएर सांस्कृतिक नृत्य समेत गरेका थिए । दिवसको अवसरमा बांके, बर्दियाका विभिन्न गाविसहरुबाट आदिवासी जनजातिहरु कार्यक्रममा सहभागी भएका थिए ।
दीपा आले
सम्बन्धित समाचार र तस्वीरहरु-
