क्षेत्र निर्धारण आयोगको प्रतिवेदन सरकारलाई

Read Time:1 Minute, 34 Second

निर्वाचन क्षेत्र निर्धारण आयोगले  लिखित प्रतिवेदन आज सरकारलाई बुझाएको छ ।
आयोगका अध्यक्ष ताहिर अलि अन्सारीलगायत सबैजना प्रतिनिधिहरूले सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा गई मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई प्रंतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा प्रस्तुत सुझावको बारेमा केही खुलाइएको छैन । प्रतिवेदनमा समेटिएका सुझाव सरकारले सार्वजनिक गर्ने आयोगका प्रवक्ता टेकनारायण ढुंगानाले जानकारी दिए।

प्रतिवेदन बुझ्दै अध्यक्ष रेग्मीले प्रतिवेदन बुझाएकोमा आयोगलाई धन्यवाद दिए । उनले प्रतिवेदन सुझबुझपूर्ण एवं औचित्वपूर्ण रहेको विश्वास समेत व्यक्त गरेको  मन्त्रिपरिषद् सचिवालयले जनाएको छ । स्रोतले दिएको जानकारीअनुसार प्रत्यक्षतर्फको निर्वाचन क्षेत्रको संख्या नबढाउने गरी पुरानै कायम राखिएको छ । पूर्वन्यायाधीश अन्सारीको अध्यक्षतामा गठित विज्ञसम्मिलत समितिले तोकिएको एक महिनामा काम नसकेपछि पहिलोपटक १० दिन र पछि एकसाता समय थप गरिएको थियो ।

आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %