युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले आदिवासी जनजाति समुदायको पहुंच सरकारी निकायमा पुग्न नसकेको र राज्यको बिभेदका कारण ति समुदाय पछाडि परेको स्विकारे । १९आै विश्व आदिवासी दिवस तथा अन्तर्राष्ट्रिय युवा दिवका अवसरमा नेपाल आदिवासी जनजाति युजा महासंघले ललितपुरमा गरेको कार्यक्रममा श्रेष्ठले राज्यको ठोस र प्रभावकारी नीतिको अभावमा वैदेशिक रोजगारीमा गएका युवाहरुले दुःख झेल्नु परिरहेको बताए ।
उनले युवाशक्ति मुलुक विकासको कर्णाधार रहेको भन्दै अब बन्ने संविधानमा युवा वर्गको भावना र आवश्यकतालाई समुट्नुपर्ने उल्लेख गरे । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष नागेन्द्र कुमालले अब बन्ने संविधानले आफूहरूको मागलाई सही सम्बोधन गर्न नसके मुलुकमा आन्दोलनको ऑधीबेरी ल्याउने र त्यसले मुलुक थप संकटमा फस्ने दाबी गरे । कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापा मगरले सरकारले बजेट बिनियोजनमा प्रतिष्ठानलाई आवश्यक रकम विनियोजन नगरेले कार्यसम्पादनमा अप्ठेरो परेको बताए ।
आनन्द गुरुङ
