खाना बस्ने ब्यवस्था सहित पोखरामा खेकी तालिम

Read Time:3 Minute, 11 Second

पोखरा, २४ श्रावण
तमुहरुको मौलिक संस्कार, संस्कृति संरक्षण गर्न र युवा पुस्तालाई खेकीसम्वन्धि ज्ञान दिने उद्धेश्यले आयोजित पच्यु खेकी तालिम यही भाद्र १ बाट पुनः संचालन हुने भएको छ ।
गत ०६९ साल श्रावण महिनादेखि पोखरामा संचालन गर्दै आएको पच्यु खेकी तालिम यही जेठ, असार र श्रावण महिना स्थगित गरी भाद्रबाट पुनः तालिमलाई संचालन गर्न लागेको हो ।
उत्तरपूर्वी ल्हेगे परिवार र युवा परिवारको संयुक्त आयोजनामा विगत १ वर्ष अघिदेखी संचालन गरेको तालिममा भाद्र महिनाबाट नयाँ ल्हेगेँ युवाहरुलाई पनि सहभागी गराउने उद्धेश्य रहेको भन्दै देशभरका ल्हेगेँहरुलाई पच्यु खेकी तालिममा सहभागीका लागि परिवारले अनुरोध गरेको छ । परिवारका अध्यक्ष सुवेदार शेर वहादुर ल्हेगेँ तमूले देशको जुनै ठाउँबाट इच्छुक ल्हेगेँहरु पच्यु सिक्न चाहेको खण्डमा परिवारले खाना र आवासको समेत व्यवस्था गरिदिने जानकारी दिए । उनले भने “  प्रशिक्षार्थीहरुलाई पोखरा चापापानीमा आवासको लागि व्यवस्था गरेका छौँ, त्यहाँ रहेर इच्छुक ल्हेगेहरुले पच्यु खेकी सिक्नसक्नुहुनेछ, उहाँको सवै व्यवस्था हामीले गर्छौँ ।”

गत वर्षदेखि प्रशिक्षण लिदै गरेका प्रशिक्षार्थीहरुलाई अझ अन्य दख्खल बनाउनुको साथै लिखित प्येलाई मौखिक गराउन प्रयास गराउने र नव प्रशिक्षार्थीहरुलाई खेकी कार्य गर्दा कसरी कुन प्ये कुन भाकामा पढ्ने लगायतका बारे प्रशिक्षण दिने परिवारका गगनसिं ल्हेगेँ तमूले जानकारी दिए । उहाँले पनि इच्छुकलाई तालिममा सहभागीका लागी आग्रह गर्नुभयो ।
तालिममा ल्हेगे पच्यु गुरुहरु बेलबहादुर तमू, चुरुमान तमू, चुउरु तमू, नर वहादुर तमू र दुँली तमूले प्रशिक्षण दिनेछन । प्रशिक्षार्थीहरुलाई फैलु लबा, छ्यो लबा, पै चुबा, सिन्कु थिबा, प्ह्ल उईबा, सरका, पाल्ती वाबाको साथै पैडी कार्यको समेत प्रशिक्षण दिने पच्यु चिवा वेल वहादुर तमूले जानकारी दिए ।
इच्छुक तमूहरुलाई निःशुल्क खेकी प्रशिक्षण दिनुको साथै निःशुल्क खाना र आवासको व्यवस्था गरिएको सम्भवत नेपालमै पहिलोपटक हो ।
देवीजंग तमू

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %