सरकार आज अशोक राईलाई फकाउंदै

Read Time:2 Minute, 0 Second

 मंसिर चारका लागि घोषित निर्वाचनका विपक्षमा रहेका दलहरुलाई मनाउने प्रयास अन्तर्गत उच्चस्तरिय राजनीतिक समितिले आज संघीय समाजवादी पार्टीसंग वार्ता गर्दैछ । अशोक राई नेतृत्वको मोर्चासंग हिजो नै वार्ता गर्ने भनिएपनि संघीय लोकतान्त्रिक मोर्चासंगको वार्ता लम्बिएपछि वार्ता आज हुन लागेको हो । मोर्चाले समानुपातिक सिट संख्या र प्रधानन्यायाधिसबाट खिलराज रेग्मीले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ । नयां बानेश्वरस्थित विघटीत संविधानसभा भवनमा मध्याह हुने वार्तामा अशोक राई लगायतका असन्तुष्ट दलहरुले आ-आफना माग राख्नेछन् । यसअघि समितिले हिजो नेकपा मओवादी सहितका असन्तुष्ट दल र संघीय लोकतान्त्रिक मोर्चासंग छुटटाछुटटै वार्ता गरेको थियो ।

संघीय समाजवादीका मागहरु
 सर्बदलीय सम्मेलनबाट निर्वाचनको टुंगो लगाउनु पर्ने । बर्तमान सरकार निर्माणका क्रममा गत फागुन ३० गते ठूला राजनीतिक दलहरुबीच भएको ११ बुदे सहमतिको खारेजी । चैत १ गते भएको २५ बुदे बाधा अडकाउ फुकाउ आदेशको खारेजी हुनुपर्ने । संबिधान सभाबाटै संबिधान बन्ने सुनिश्चिता हुनुपर्ने । संबिधान सभाका समानुपातिक तर्फको सिट संख्या पहिलो संबिधान सभाको जस्तै हुनुपर्ने । जातीयताको आधारमा संघीयता हुनुपर्ने छन ।
जगन शर्मा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %