झापा, साउन २३
नेपाल आदिवासी जनजाति महासंघ झापाले १९ औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजातिका आठ जना अगुवालाई सम्मान गर्ने भएको छ । असार २५ गते दमकमा आयोजना हुने सभाकाबीच महासंघ झापाका संस्थापक अध्यक्ष धनबहादुर गोले, संस्थापक सदस्य नरेशमान धिमाल, पूर्व जिल्ला अध्यक्षहरु मोहन सुब्बा, लाक्पा लामा, शिवशंकर थापा मगर र प्रेमराज घिसिङलाई सम्मान गर्न लागेको महासंघ झापाका अध्यक्ष पारसमणि राईले जानकारी दिएका छन् ।
त्यस्तै, सोही कार्यक्रममा जनजाति महिला हकहितका लागि क्रियाशिल नेतृ सुमित्रा वाङदेल राईलाई समेत सम्मान गरिने छ । सम्मानित हुने थप एक जनाको नाम राजवंशी जातिका तर्फबाट सिफारिस भइनसकेको महासंघले जनाएको छ ।
भैरब आङ्ला, धरान
आठ जनजाति सम्मानित हुने
Read Time:1 Minute, 10 Second
