राजतन्त्रको बखानले गयो पद

Read Time:1 Minute, 29 Second

नेपाल सदभावना पार्टीका पुर्व अध्यक्ष तथा बर्तमान बरिष्ठ नेता बद्रीप्रसाद मंडललाई उनको दलले कार्वाही गरेकोछ । राजसंस्थाको समर्थनमा बोलेको भन्दै उनलाई कार्वाही गरिएको हो । कार्वाही सम्बन्धमा जानकारी दिन गरिएको प्रेस बिज्ञप्तिमा भनिएकोछ,’ पार्टी हित विपरीतको कार्यमा संलग्न भएको हुनाले उनलाई आज (मिति २०७०/४/२२) देखी पार्टीको साधारण सदस्यता समेतबाट पार्टी अध्यक्ष  सरिता गिरीद्धारा निलम्बन गरिएको जानकारी गराउदैछौं ।’

बिज्ञप्ति अनुसार उनलाई यही असार २२ मा बिराटनगरमा भएको राष्ट्रिय कार्यसमिति बैठकबाट बरिष्ठ नेतामा चयन गरिएकोथियो । बिज्ञप्तिमा भनिएकोछ, ‘ तर त्यसको लगत्तै पार्टीको नीति विरुद्ध संचार माध्यममा राजतंत्र पक्षमा वक्तव्य दिई पार्टीलाई पुनःविवादमा ल्याएकोले पार्टी उहाँसंग स्पष्टीकरण माग्ने तैयारी गरेको छ ।’ मण्डल पूर्व राजा ज्ञानेन्द्रको पालामा गृहमन्त्री भएकाथिए ।

आनन्द गुरुगं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %