पोखरा, २१ साउन
सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकन २०१३ की विजेता मुस्कान रानाभाटले सोमबार ‘पियाजिओ स्कुटर’ पुरस्कार बुझिन । पियाजिओ ब्राण्डका अधिकृत विक्रेता रवी अटोमोबाईल्सले उनलाई स्कुटर प्रदान गरेको हो । रवी अटोमोबाईल्सकी प्रबन्ध निर्देशक टिकाकुमारी गुरुङले विग आईकन बिजेता रानाभाटलाई स्कुटरको चावी हस्तान्तरण गरिन् ।
चौथो सँस्करणको विग आईकन मुस्कानलाई उनले आगामी दिनमा अझै बढि सफलता प्राप्त गर्नका लागि
शुभकामना समेत दिएकी थिईन् । स्कुटर प्रदानसंगै उत्कृष्ट कार्यक्रम विग आईकनले आफ्नो कम्पनीले व्यवसायिक सहकार्य गर्न पाउँदा खुशी भएको उनले प्रतिक्रिया दिईन् । ‘व्यवसायिक रुपमा हाम्रो कम्पनीको ब्राण्डिङ गर्नका लागि विग आईकनले हामीलाई सघाएको छ’ उनले भनिन्–‘आगामी विग आईकनमा पनि यो सहकार्यले निरन्तरता पाउनेछ ।’
स्कुटर प्रदान कार्यक्रममा विग एफएमका अध्यक्ष महेश भण्डारीले व्यवसायिक रुपमा सहयोग गरेकोमा रवी अटोमोबाईल्सलाई धन्यवाद दिए । ‘हामीलाई माया गरेर हाम्रो ईभेन्टमा सहयोग गर्ने यस्तै मनहरुकै कारण हामीले सफलता प्राप्त गरेका हौँ’ उनले भने–‘यस्तै सहयोग र सद्भाव आगामी दिनमा पनि पाउने अपेक्षा गर्छौँ ।’
स्कुटर प्राप्त गरिसकेपछि चौथो विग आईकन रानाभाटले आफुलाई विग आईकनले ठुलो परिचय दिएको बताईन् । ‘म संगीतको सामान्य विद्यार्थी, विग आईकनकै कारण धेरैले चिन्ने भएकी छु’ उनले भनिन्–‘त्यसैले विग एफएमप्रति म आभारी नभैरहन सक्दिन ।’ उनले विग आईकन जस्तो ईभेन्टमा सहयोग गरेर त्यसलाई सफल बनाईदिएकोमा सम्पुर्ण व्यवसायिक घराना र रवी अटोमोबाईल्सलाई पनि धन्यवाद दिईन् ।
यो पटकको विग आईकन मुस्कान रानाभाटले पियाजिओ स्कुटरसंगै यूके घुम्ने मौका समेत पाएकी छन् । व्रिटिश कलेजको प्रायोजनमा उनी त्यता जान लागेकी हुन् । ‘उनको भिसा प्रोसेसिङको काम भैरहेको छ ।’ विग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–‘अब चाँडै नै उनी घुम्नका लागि यूके जाँदैछिन् ।’
सविता मगर,पोखरा
