भक्तिगानका भक्त धरतीको कोखमा गए

Read Time:2 Minute, 17 Second

पोखरा, साउन २१

भक्ति संगीतका धरोहर “पोखरेली नवरत्न” प्रज्ञारत्न बज्राचार्य पोखरेली माझ रहेनन् । दुई वटा मृगौला बिग्रिएपछि मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराइरहेका बज्राचार्यको आइतबार राती ७८ वर्षको उमेरमा निधन भएको छ ।

बज्राचार्यको सोमबार अन्त्येष्टी गर्नु अघि बिहान साढे १० वजे उनको निवास रामबजारबाट शव यात्रा निकालिएको थियो । उनको शवलाई धर्मशिला वुद्ध बिहार नदीपुरमा साढे १२ वजेसम्म राखियो ।

बौद्ध विधि अनुसार भन्ते आनन्दले परि निर्माणका श्लोक वाचनसंगै श्रद्धाञ्जली दिएपछि गाईघाटमा लगेर बज्राचार्यको अन्त्येष्टि गरिएको हो । उनको शवमा छोरा शान्त वज्राचार्य र आनन्द वज्राचार्यले दागवत्ति दिएका थिए । भक्ति संगीतमा निरन्तर लागेका वज्राचार्यका ६५ वढि भक्ति संगीत छन् । उनका ६ वटा ज्ञानमाला भजन संग्रह छन् । नेवारि भाषामा मात्रै गाईने ज्ञानमाला भजनलाई उनले नै नेपाली भाषामा पहिलो पटक गाएका थिए ।

वाल्यकालबाटै संगीतका रुचि राख्ने उनी २००४ सालबाट संगीतमा लागेको पाईन्छ । उनले ज्ञानमाला भजन र रामायण गायनमा बढी समय खर्चेका थिए । बज्राचार्यको गायनलाई कदर गर्दै पोखरा उपमहानगरपालिकाले २०५५ सालमा ‘पोखरेली नवरत्न’ सम्मान प्रदान गरेको थियो ।

वज्राचार्य अभिनयकलामा पनि पोख्त थिए । उनले २००६ सालबाट २००८ सम्म राम बहादुर श्रेष्ठको निर्देशनमा नाटकमा अभिनय गरेका थिए । उनले जीवनरेखा, सन्तान, कन्यादान, चीनो, कान्छी, प्रतिक्षा, विश्वास, शान्तिदीप लगायतका १० वढि फिल्ममा अभिनय गरेका थिए ।

सबिता मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %