काठमाडौंको बौद्धमा आज विहान एक युवाले आत्मदाहको प्रयास गरेका छन् । विहान पौने आठ बजे बौद्ध स्तुपामा एक युवाले जिउमा मट्टितेल छर्किएर आगो लगाएर आत्हदाहको प्रयास गरेका हुन । आगो लगाउने वितिक्कै उनलाई प्रहरी र स्थानीयले उद्धार गरेर उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्याएपनि उपचारको क्रममा उनको निधन भएको छ । आगो लगाउने युवकको पहिचान खुल्न सकेको छैन ।
प्रहरीले आत्मदाह गर्न खोज्ने युवक फ्रि तिब्बत आन्दोलनका सदस्य भएको हुनसक्ने अनुमान गरेको छ । यसअघि पनि फ्रि तिब्बत आन्दोलनकर्ताले पटक पटक आत्मदाहको प्रयास गर्दै आएका थिए । आजको घटनामा पनि त्यहीसँग सवन्धित भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटनाको वारेमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
गगन शर्मा
